पछिलो समय लगातार सिधा राजनैतिक हस्तक्षेपको मार खेपेको सशत्र प्रहरी एक पछी अर्को गर्दै षडयन्त्रको चक्रब्युमा फसेको छ। हामीलाई प्राप्त भएको सुचना अनुसार यतिबेला सस्थामा ३० बर्षको हद मेटाउने चलखेल हुदै छ।
केहि ब्याक्तिलाई जागिर ख्वाउने र पदमा स्तर उन्नति गर्ने स्वार्थका कारण ३० बर्ष जागिर गरिसकेका ब्याक्तिले थप जागिर गर्न नपाउने नियमलाइ हटाइदै छ। यसको कारणले गर्दा संगठन बुडा खाडाको अखडा बन्ने निश्चित छ। हामीले गृह सचिब को कार्यालयमा सम्पर्क गरेर बुझ्दा उक्त नियमको ड्राफ्ट तयार भैसकेको र कानुनि परामर्शको लागि छलफलको क्रममा रहेको जानकारी प्राप्त भयो। अध्यायदेश मार्फत यो राष्ट्रघाती प्रस्ताब पारित गर्न लागिएको समेत जानकारी प्राप्त भयो। एउटा स्वच्छ प्रहरी संगठनलाई कस्को इसारामा धमिल्याउने काम गरियो भनेर हामीले गरेको अनुसन्धानमा केहि तथ्य र कारणहरु फेला परेका छन्।
को हो यो चक्रब्युको नाइके ?
यसको लागि सबैभन्दा पहिला हामीले सशत्र प्रहरीकै केहि उच्च अधिकारीहरुलाई सम्पर्क गर्यौँ। प्रमुख स्रोतका अनुसार यो सम्पूर्ण चक्रब्युको नाइके सशत्र प्रहरीकै कार्य बिभाग प्रमुख पुष्पराम केसी हुन्। उनले यता रामशरण महतको भतिजा तथा अर्जुन नरसिंह केसीको भतिजाको नाता लगाएर पहिले देखि नै प्रधानमन्त्रीलाई प्रभाब पार्न खोजिरहंथे भने उता प्रचण्डका नजिकका नारायण दाहाललाइ पनि पुजा आजा गरि रहन्थे। सुरुमा उनको यो सबै घटना परिघटनाको अर्थ नखुले पनि अहिले बिस्तारै सबै खुल्दै आएको छ। केहि दिन अगाडी सशत्रमा आगलागी भएर सम्पूर्ण भ्रस्टचारका प्रमाण मेटिनु। नियम मिचेर ५ जना ए आइजी अपर्झट थपिनु र अहिले ३० बर्षको जागिर हदबन्दी फुकुवा गर्नु। यी क्रमहरु तिनीहरुकै स्वार्थसंग कहिँ कतै जोडिएका रहेछन।
निज केसीको मिलेमहतोमा लागेर प्रधानमन्त्रिले मुख्य सचिवलाई ३० बर्षे नियम सिधा हटाउन आदेश दिएका छन्। त्यति जाबो सानो सम्बन्धको लागि प्रधानमन्त्रीले त्यस्तो नगर्नुपर्ने भन्ने हाम्रो प्रश्नमा स्रोत भन्छ “त्यति मात्रले होइन आर्जुमार्फत सिधा रकम देउवाको हातमा पुगेको छ। ” निज केशीले अहिलेका आइजिलाई थप् दुइ वर्ष तपाइँ नै हो त्यो पछि म हो भनेर आश्वाशन दिलाइरहेका छन्। त्यसकारण संगठन प्रमुख पनि अहिले छायामा परेका जस्ता देखिएका छन्।
यदि यो नियम पारित भयो भने कयौ कामको अबसर कुरेर बसेका फ्रेस अफिसरहरू फरेस्टेड हुने र संगठनमा सबै लथालिङ्ग हुने निश्चित प्राय छ। कसैको ब्याक्तिगत सनक र स्वार्थको लागि एउटा गर्विलो संगठनको संरचना नै ध्वस्त पारिनु निन्दनीय छ।
Source: times of Nepali