सोनाम याङजी शेर्पा, विश्व शान्तिको कामना गर्दै आयोजना गर्ने विश्वा शान्ति पूजा अर्थत तेह्रौ बज्रगुरु तूङग्यूर मन्त्र जप कार्यक्रमको तयारी करिब ८० प्रतिशत पुरा भएको छ । सोलुखुम्बु जिल्ला खुम्बुपासाङ्ग ल्हामु गाउँपालिका १ पाङगोममा अवस्थित श्री टाशी साङ्ङाग छ्योलिङ्ग गुम्बामा आयोजना गर्न लागिएको मन्त्र जप कार्यक्रम यही बैशाख ३ गतेबाट सुरू हुने छ । १० कारोड बज्रगुरु मन्त्र जप हुने यस पूजा बैशाख ३ गतेबाट १२ गते सम्म हुने छ भने पूजाका लागि १ गतेबाट नै विभिन्न गोन्पाबाट धर्मगुरुहरु कार्यक्रम स्थलमा आउनु हुने कार्यक्रम रहेको छ । साथै बैशाख २ गते काङग्यूर (त्रिपिटक) पुस्तक पढ्ने कार्यक्रम रहेको छ । काङग्यूर (त्रिपिटक) पुस्तक विश्वका प्राणी जगतमा दुःख, विग्नबाधा नाहोस भन्ने कामनाका साथ बौद्ध धर्मावालम्बीहरूले पढ्ने गरिन्छ ।
पछिल्लो समय अग्नी, जल, वायु, धातुबाट हुने विभिन्न दुर्घटनाबाट वच्न र प्राणी जगतमा सुःख शान्तिका लागि गरिने पूजाका आवश्यक आर्थिक संकलन ६ महिना देखि नै सुरू भएको थियो भने पूजाका लागि सम्पूर्ण तयारी हुुदै गरेको बज्रगुरु व्यावस्थापन समितिका कोषध्यक्ष ङवाङ साक्या शेर्पाले जनाकारी दिनु भयो ।
विश्व शान्तिका लागि आयोजना गर्ने यस कार्यक्रममा यस वर्ष परम पुज्य जटोल साङगे रिन्पोक्षे, तेङ्वोचे चोवी लामा ङवाङ तेन्जिङ साङपो रिन्पोक्षे, टुल्कु पेम थर्छिन रिन्पोक्षे, साङटाक टुल्कु रिन्पोक्षे, विभिन्न टुल्कु, खेन्पो, लोपेन, विभिन्न गोन्पाका धर्मगुरु, टावा, आनी लगायत बौद्धधर्मवालम्बीहरूको विशेष उपस्थितिमा कार्यक्रम हुने बज्रगुरु व्यावस्थापन समितिका कोषध्यक्ष शेर्पाले जनाकारी दिनु भयो ।
संसारको प्राणी जगतमा सुःख शान्तिका लागि आयोजाना गर्ने यो मन्त्र जप कार्यक्रम गत वर्ष च्याङतेङ उर्गेन छ्योलिङ्ग गोन्पा काँकु सोलुखुम्बुुमा सम्पन्न भएको थियो । सो गोन्पाबाट टाशी साङ्ङाग छ्योलिङ्ग गोन्पा पाङगोमका प्रमुख लामा ङवाङ जोपा र बज्र गुरु व्यवस्थापन समितिका अध्यक्ष लाक्पा सोनाम शेर्पाले तेह्रौ बज्रगुरुको लावा लिनु भएको थियो । यो मन्त्र पूजा महापरिनिर्वाहन परम पुज्य धर्म गुरु तालुङ चटुल रिन्पोक्षे ज्युबाट सन् २००६ मा नाम्चे गोन्पाबाट सुरु भएको हो । पूजा प्रतेक वर्ष सोलुखुम्बु, रामेछाप, दोलाखा, सिन्धुपाल्चोक हुदै पुन सोलुखुम्बु जिल्लामा आयोजना गर्दै आई रहेको छ ।
तेह्रौ बज्रगुरु मन्त्र जप कार्यक्रम सफल पार्न समितिका सम्पूर्ण कार्यसमिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका लगायत सोलुखुम्बु वासी एक जुट बई लागि परिएका छन् । यस पूजामा परम पुज्य रिन्पोक्षे ज्युहरुबाट विभिन्न वाङ अभिषेक, आर्चय ज्यूहरुबाट धार्मिक प्रवचन लगयत विभिन्न धार्मिक क्षाम नृत्या प्रस्तुत गरिने कार्यक्रम रहेको पनि व्यावस्थाप समितिले जनाकारी दिनु भयो । यस कर्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्नका लागि सम्पूर्णलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्न व्यावस्थापन समितिले आग्रह गरेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित