
विश्वभर छरिएर हरेका शेर्पाहरुको संयुक्त प्रयासमा ऐतिहासिक प्रथम विश्व शेर्पा सम्मेलन सफलतापुर्वक सम्पन्न भएको २ महिन विती सक्दा पनि अहिलेसम्म कुनै बैठक बस्न सकेको छैन । गत अक्टोबर ८ बाट काठमाण्डौमा सुरुवात भई ४ दिन सम्म चलेको उक्त सम्मेलनको सामजिक सञ्जलहरुमा छिटफुट विरोध भएको थियो ।
सम्मेलनको अन्तमा विश्वको जुनसुकै देशमा रहेता पनि बुद्ध धर्ममा आधारित शेर्पाहरुको मौलिक पहिचानको संरक्षण र प्रवद्धान गर्ने प्रतिद्धता सहित ११ बुँदे घोषणापत्र जारी गर्दै जम्बुलिङ शेर्वी छोक्पा अर्थात विश्व शेर्पा मञ्चको समेत औपचारिक गठन गरेका थियो ।
संसारभर छरिएर रहेको करीब २२ वटा देशहरुको किदुगबाट प्रतिनिधीमुलक सहभागितामा आयोजना भएर २ महिन वित्द सम्म पहिलो बैठक नबस्ननले सम्मेलन पछि उक्त कमिटि खासै सक्रिय नरहेको स्पस्ट देख्न सकिन्छ ।