काठमाडौँ, पौष २२ । युवाहरुको व्याक्तित्व विकाश गर्न रियाङ एकेडेमीले आउने शनिवार पौष २९ गते अन्तरक्रियात्मक एव चियापान कार्यक्रम राखेको छ ।

युवा वर्गलाई सार्वजनिक कार्यक्रम, स्कुल, कलेजहरुमा स्टेजमा कसरी बोल्ने भन्ने विषयमा जानकारी दिनका लागि कार्यक्रम आयोजना गर्न लागेको रियाङ एकेडेमीका संचालक आङ दोर्जी शेर्पाले जानकारी दिए । उनले शेर्पा समुदायमा सर्वाजनिक कार्यकमहरुमा बोल्न सक्ने बनाउन र यस्तो तालिम दिने संस्था समुदायमा नभएकोले गर्दा रियाङ एकेडेमी खोलेको जानकारी दिए । २०१७ मा अन्तरखेल, जोरपाटी काठमाडौमा तालिम केन्द्र नै खोलेर युवा, विभिन्न संघसस्थाका व्याक्तिहरुलाई उद्घोषण, भाषण, सार्वजनिक कार्यक्रमहरुमा कसरी बोल्ने भन्ने विषयमा तालिम दिदै आएको जानकारी दिए ।

आउने चियापान कार्यक्रम युवा वर्गहरुलाई जनचेनता दिनका लागि गर्न लागेको छ । कार्यक्रममा शेर्पा फर चेन्जले सहयोग गरेको छ ।

मिस शेर्पा २०१७ का विजेता सोनाम डोल्मा लामा शेर्पा लगायत १२ जना प्रतिस्प्रधिहरुको पनि सहभागी

कार्यक्रममा मिस शेर्पा २०१७ का विजेता सोनाम डोल्मा लामा शेर्पा लगायत १२ जना प्रतिस्प्रधिहरु पनि सहभागी हुनेछ । मिस शेर्पाले पनि आफ्नो अनुवभहरु राख्नेछ भने रियाङ एकेडेमीमा प्रशिक्षण दिएका प्रशिक्षार्थीहरुले तालिम नलिदा र लिदाको बखत कति परिर्वतन आयो र तालिम लिन कतिको जरुरत छ भन्ने विषयमा अनुभव बाढ्ने छ ।
यस चियापान कार्यक्रम मेन्दो क्याफे बौद्धमा हुने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय