काठमण्डौ चैत १४ गते बुधबार, बौद्घ स्थित शेचेन गोन्पाले आजा एक कार्यक्रमको आयोजना गरि ११ जना आचार्यहरुलाई खेन्पोको उपाधि र चार जना गुरुलाई लामाको पदवी द्वारा सम्मान गरिएको छ । शेछेन राब्ज्याम रिन्पोछेले प्रमाण पत्र र खताक लागई गुफावास सम्पन्न गरिएका गुरुहरुलाई लामा र अध्यन सम्पन्न गरिएका आचार्यलाई खेन्पोको उपाधि दिनु भएको छ ।

गुफावास पुरागरि लामाको पदवी प्राप्त गर्नु हुनेमा ग्याुर्मे छेरिङ, ङवाङ ज्यिाग्टल, कलजाङ छुल्ठिम रहेका थियो । खेन्पो उपाधि प्राप्त गर्नुहुनेमा १ कुनलेग वाङछुग २ छेवाङ पल्ज्योर ३ थुप्तेन वाङछुग ४ ङिमा साङगे ५ रिन्छेन खाडो ६ ङवाङ तेन्जीङ ७ ग्याुर्मे ज्यिन्पा ८ ङवाङ ग्याछो ९ ग्याुर्मे तेन्क्यप १० कल्जाङ दार्जे ११ पाल्देन वाङक्ष्याुग रहेको थियो । लामा पदवी र खेन्पो उपाधि प्राप्त गर्नुहुनेहरुलाई उपास्थित सबैले खताक लगाई सम्मान गरेको थियो ।

फोटो नुरु छेपाल शेर्पा

Source:महागुरु खबर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय