हिमाली सन्देश काठमाडौ । शेर्पा समुदायमा विभिन्न संस्था स्थापना र संगठन निर्माण अभियानले तिब्रता पाएको छ । यसवीच शेर्पा कलाकारहरुको छुट्टै संगठन ‘शेर्पा कलाकार संघ’ स्थापना हुने भएको हो । राजधानीको शेर्पा सेवा केन्द्रमा संघ गठनार्थ भेला आयोजना नै गरिएको अभियानका संयोजक दावा के शेर्पाले जानकारी दिए । शेर्पा समुदायमा रहेका कलाकारहरुको प्रतिभालाई सम्मान गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट मञ्च निर्माण गर्ने हेतुले संघ स्थापना गर्न लागिएको संयोजक शेर्पाले जानकारी दिए ।

शेर्पा समुदायमा कलाकारिता र संस्कृतीका विषयमा संगठीत गर्ने हेतुले हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, शेर्पा कलाकार समाज, नेपाल शेर्पा सांगीतिक संघ लगायतका संस्थाहरु स्थापना भएका छन् । जसमध्ये शेर्पा कलाकार समाज अहिले निष्कृय जस्तै देखिन्छ भने अन्यले आफ्नो गतिविधि देखाईरहेका छन् । शेर्पा कलाकार संघको दायरा फराकिलो हुने र समुदायका सबै कलाकारलाई न्याय हुने गरी संगठीत गर्ने अभियान्तहरुले जनाएमा छन् ।

समुदायमा भने नयाँ छुट्टछुट्टै संस्था स्थापना गर्नु भन्दा उद्देश्य र कार्य क्षेत्र एउटै भएकाले स्थापित संस्थामै सबै गोलबद्ध भएर अघि बढे राम्रो सन्देश जाने भनाइहरु यत्रतत्र सुनिन्छन् ।
संघ गठनका लागि प्रारम्भिक छलफल शेर्पा सेवा केन्द्रको क्यान्टिनमा मंसिर २३ गते भेला आश्वान गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय