शेरसाङ्गे शेर्पा शेर्पा किदुग युएईको सातौ वार्षिक आमभेला तथा चौथो महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।शेर्पा जातिको भाषा,धर्म,कला,संस्कृती र रीतिरिवाजको संरक्षण तथा भावी पुस्ता सम्मलाई हस्तान्तरण गर्ने उद्देश्यका साथ गठित शेर्पा किदुग युएईले हरेक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको बताइएको छ।
चौथो महाधिवेशनको सुखद अवसरमा फुरी शेर्पाको संयोजकत्वमा १७ सदस्यीय केन्दिय कार्यसमिति, ३ जना संरक्षक सदस्य, ३ जना सल्लाहकार चयन गर्नुका साथै पछिल्लो अवस्थामा समेत मनोनीत सदस्यहरु थप्ने स्टेट राखेको शेर्पा किदुग युएईका प्रवक्ता तथा संचार बिभागका प्रमुख सोनम शेर्पाले बताइएको छ।उहाँका अनुसार मनोनीत सदस्य नसमेटिएको स्टेटहरुको क्षेत्रिय संयोजकहरुलाइ समेत मनोनित गर्ने गरि महाधिवेशन भव्यताका साथ सम्पन्न भएको जनाइएको छ। नव निर्वाचित कार्यसमितिको नामावाली निम्न अनुसार रहेको व्यहोरा सुचित गरिन्छ :
अध्यक्ष – आङ फुरी शेर्पा ( सोलुखुम्बु )
प्रथम उपअध्यक्ष – निमा शेर्पा (उदयपुर )
दितिय ” – माया शेर्पा (सोलुखुम्बु)
महासचिव – नुरु शेर्पा (सोलुखुम्बु)
सचिव – कर्मा गेली शेर्पा (रामेछाप)
कोषाध्यक्ष -तेन्जिङ शेर्पा (सुनसरी )
सह-कोषाध्यक्ष – फुर्दिकी शेर्पा (दार्जिलिङ)
प्रवक्ता तथा संचार बिभाग प्रमुख -सोनाम शेर्पा (ओखल्ढुङ्गा)
सांस्कृतिक विभाग प्रमुख -आङ दोमे शेर्पा (सोलुखुम्बु)
महिला बिभाग प्रमुख -आङ ल्हमु शेर्पा (दोलखा)
खेलकुद बिभाग प्रमुख -आङ कामी शेर्पा (सोलुखुम्बु)
केन्द्रिय सद्स्य तथा दुबइ क्षेत्रिय संयोजक-पेम साङे शेर्पा (दोलखा)
केन्द्रिय सद्स्य तथ सारजह क्षेत्रिय संयोजक -पासाङ शेर्पा (खोटाङ)
केन्द्रिय सद्स्य -टासी शेर्पा (उदयपुर )
सद्स्य केन्द्रिय -कर्साङ शेर्पा (सोलुखुम्बु )
सद्स्य केन्द्रिय -लोमु शेर्पा (सोलुखुम्बु )
सद्स्य केन्द्रिय -फुर्निमा शेर्पा (दोलखा)
त्यसै गरि शेर्पा किदुग युएईको संरक्षक सदस्यहरुमा पासाङ रिन्जी शेर्पा (रामेछाप), निमा शेर्पा (ताप्लेजुङ्) र फुर्वा शेर्पा (भोजपुर) रहनु भएको छ भने सल्लाहकारहरुमा गन्जु शेर्पा (उदयपुर ), छिरी शेर्पा (दोलखा) र टेन्डी शेर्पा (दोलखा) रहनु भएको छ । नव निर्वाचित कार्यसमितीले महाधिवेशनकै दिन पदभार ग्रहण गरी पहिलो बैठक समेत सम्पन्न जनाइएको छ।पहिलो बैठकले किदुगले वार्षिक रुपमा मनाउदै आएको ल्होसार समारोहलाई बिगतमा झै यसपाली पनि धुमधामका साथ मनाउने निर्णय गर्दै निमा शेर्पाको संयोजकत्वमा सात सदस्यीय लोसार मुल आयोजक समिती समेत गठन गरेको छ।
कार्यक्रम सयोजक-निमा शेर्पा
उप सयोजक -नुरु शेर्पा
व्यवस्थापन प्रमुख -आङ फुरी शेर्पा
यातायात प्रमुख -आङ कामी शेर्पा
आर्थिक प्रमुख -तेन्जिङ शेर्पा
प्रचार प्रसार प्रमुख -सोनाम शेर्पा
सांस्कृतिक प्रमुख -आङ दोमे शेर्पा र् गेलु शेर्पालाई चयन गरिएको छ ।
शेर्पा जातिहरुको महान चाड 2145 औं गेल्बो ल्हिसार शुक्रवार, १६ फेब्रुअरी २०१८ को दिन अतिथी कलाकारहरु मोडल तथा नायिका छिरिङ्ग डोमा शेर्पा, मोडल जाङ्मु इन शेर्पा र गायिका डोमा शेर्पालाई आमन्त्रण गरिने निर्णय गरिएको छ । साथै आफ्नो भिसा अवधी समाप्त गरि नेपाल फर्किन लाग्नु भएको सस्कृतिक बिभागका कलाकारहरु फुर छोटि शेर्पा ,ङाकी शेर्पा र छिरिङ्ग शेर्पालाई सम्मान तथा बिदाइ समेत गरेको छ ।