Advertisement


मंसिर – उपराष्ट्रपति नन्दबहादुर पुनले शेर्पा समुदाय अन्य समुदाय भन्दा संस्कार, संस्कृतति संरक्षणमा अगाडी रहेको बताएकाछन् । खुम्बु पासाङ ल्हमु गाउँपालिकामा रहेको खुम्जुङ माध्यमिक विद्यालयको भवन शुक्रबार उद्घाटन गर्दै उपराष्टपति पुनले हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय संस्कार संस्कृति संरक्षणमा अगाडी रहेको बताए ।

शुक्रबार बिहान हेलिकप्टर मार्फत खुम्जुङ आएका पुनले सोलुखुम्बुमा रहेको सगरमाथाले विश्वलाई नै ध्यानअकर्षण गरिरहेको बताए । नेपालको आम्दानीको श्रोत पर्यटन भएकाले यसको प्रबद्र्धनमा आवश्यक सहयोग गर्ने समेत बचन दिए ।

हिमालयन ट्रष्ट नेपाल सहयोगमा जनश्रमदान सहित १ करोड ४४ लाखमा निर्माण सम्पन्न भएको भुकम्प प्रतिरोधी भवनको एक औपचारीक कार्यक्रमबीच उद्घाटन गरिएको हो । उपराष्टपति नन्दकिशोर पुनको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिमिरिङ शेर्पाको अध्यक्षतामा भवन उद्घाटन गरिएको विद्यालयकी शिक्षीका पेम्बा याङ्जी शेर्पाले जानकारी दिइन् । सन् २०११ बाट अग्रेजी माध्यमबाट पढाई भएको सामुदायिक विद्यालयमा अहिले ३ सय ४४ जना विद्यार्थी अध्ययनरत छन् ।

तीन हजार आठ सय मिटरको उचाईमा रहेको उक्त विद्यालयमा सोताङ, महाकुलुङ, लागएत तल्लोक्षेत्रका ७० जना विद्यार्थी होस्टेलमा बसेर अध्ययन गरिरहेकाछन् । शैक्षिक गुणस्तरमा अगाडी रहेको उक्त विद्यालयमा सरकारी दरबन्दी कम भएको व्यवस्थापन समितिले गुनासो राखेको छ । दुर्गम क्षेत्र भएकाले राज्यले पनि ध्यान नदिएको व्यवस्थापन समितिका अध्यक्ष शेर्पाले गुनासो गरे । कार्यक्रममा हिमालयन ट्रष्टका संयोजक, जिल्ला शिक्षा अधिकारी डिक बहादुर राई लगाएतको उपस्थिति रहेको थियो । – solufm/photo – Bijaya Tamang

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय