फागुन ५, २०७४/सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । बिहिबार देखी लागेको डढेलो शुक्रबार साझ नियन्त्रणमा आएको लुक्ला प्रहरी चौकीका प्रहरी नायव निरिक्षक यादव खड्काले जानकारी दिनुभयो ।
घरमा लागेको आगो जंगलमा सल्कदा सातहजार वर्गमिटर बन क्षेत्र डढेको प्रनानि खड्काले जानकारी दिनुभयो । आगोका कारण सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तरगत पर्ने दुधकुण्ड सामुदायिक बन, चौरीखर्क मध्येवर्ती क्षेत्र सहित सात हजार बर्गमिटर बन जलेर नष्ट भएको उहाँले बताउँनुभयो । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी तथा पैदल यात्रीको निरन्तरको प्रयास पछि आगो नियन्त्रणमा आएको हो ।
अहिले आगो पुर्णरुपमा नियन्त्रणमा आएको बताईएको छ । प्रनानि खड्काले भन्नुभयो, “डढेलोका कारण के कती बन्यजन्तुमा क्षती पुग्यो भन्ने बिवरण भने आएको छैन ।”

बिहिबार दिउसो सावाँ एक बजे स्थानीय काल्देनवाङ्छु शेर्पाको घरमा आगलागी हुँदा घर नजिकै रहेको बनमा आगो सल्किएको थियो । आगलागीको समयमा हावा चल्नुका साथै नियन्त्रण गर्ने साधन नहुँदा अन्यत्र फैलिएको प्रहरीको भनाई छ ।
आगलागिका कारण स्थानीय काल्देनवाङ्छु शेर्पाको पुरै घर र घरमा रहेको दश तोला सुन, कासा, तामा लगाएत सबै सामाग्री जलेर नष्ट हुदाँ करिब डेढ करोड बराबरको क्षति भएको प्रहरी नायव निरिक्षक यदव खड्काले जानकारी दिनुभयो । – solufm

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय