छिरिङ्ग शेर्पा , काठमाण्डौ । सरकारले सार्वजनिक विदा कटौतीको नाममा महत्वपुर्ण राष्ट्रिय चाडपर्वमा पनि सम्वन्धित समुदाय र भेग विशेषलाई मात्र विदा दिने गरि चैत्र १७ गते गरेको निर्णय प्रति हिमालय शेर्पा सांस्कृतिक केन्द्रले विरोध गरेको छ।

यस सांस्कृतिक केन्द्रद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ : ” नेपालमा रहेका जनजाति सम्बद्ध समुदायलाई कुनै प्रकारको छलफल तथा परामर्श नै नलिई जनजाती समुदायको नयाँ वर्ष तथा चाडपर्वहरुमा दिदैं आएको सार्वजनिक विदा एकलौटी ढंगबाट आउने वर्षदेखि सम्बन्धित जाति , समुदाय वा भेग विशेषलाई मात्र दिने निर्णय गरेकोमा हिमालय शेर्पा सांस्कृतिक केन्द्र केन्द्रिय कार्य समिति घोर विरोध गर्दछ ” ।
सरकारको यस निर्णयले जनजाती समुदायमा असमानता सिर्जना गराई नेपाली समाजमा जातजाति बीच विभेद गरेको सांस्कृतिक केन्द्रका महासचिव सेर्कु शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

सरकारले सार्वजनिक विदा मध्ये अहिले दिदैं आईरेहेको गणतन्त्र दिवस , लोकतन्त्र दिवस , सहिद दिवस, प्रजातन्त्र दिवस, घटस्थापना, कोजाग्रत पूर्णिमा, जनै पूर्णिमा, राष्ट्रिय एकता दिवस लगायत गरि वर्षको १२ दिन विदा कटौती गरेको थियो ।

सार्वजनिक विदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा विदा ८९ दिन कायम गर्ने निर्णय गरेको सरकारले जनाएको छ । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका विदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय