१० भदौ २०७४– सोलुखुम्बुको दुधकौशीका गाउँपालिका ४ जुवुमा चट्याङ लागेर २ जनाको ज्यान गएको छ ।
आज दिउसो परेको चट्याङबाट जुवुका पर्शुराम राईको १४ बर्षिय छोरा सन्दिप राई र ईन्द्रबहादुर तामाङको १० बर्षिय छोरा बिमल तामाङको ज्यान गएको स्थानीय भानुभक्त उपाध्ययले जानकारी दिनुभयो । यस्तै चट्याङ लागेर स्थानीय ३५ बर्षिय अर्जुन तामाङ घाईते भएका छन् ।
प्रहरी चौकी जुवु सुकेपोखरीका ईन्चार्ज सहायक प्रहरी निरिक्षक हरि खड्काका अनुसार अहिले प्रहरीले घटनास्थलको मुचुल्का गरिरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय