
सोलुखुम्बु,२६ फागुन /सोलुखुम्बुको महाकुलुङ गाउँपालिका– ४ गुदेलमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । हावाहुरीसँगै शुक्रबार साँझ परेको चट्याङका कारण गुदेलकी–५६ वर्षीया रीजामली राईको मृत्यु भएको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिनुभयो ।
सोही समयमा परेको चट्याङका कारण गुदेलकै २५ वर्षीया शान्ति राई र सोही घरमा डेरा गरी बस्ने प्रितुबहादुर कार्कीका छोरा १४ वर्षीय छितिज कार्की घाइते भएका छन् । गुदेल स्वास्थ्य चौकीमा उपचार गरेपश्चात् घाइतेहरु सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । अहिले इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलतर्फ गइरहेको छ ।