१८ माघ ,साेलुखुम्बु
बैज्ञनिक वन ब्यबस्थापनकाे नाममा साेलुखुम्बु दुधकुण्ड नगरपालिकामा अवस्थित पिके सामुदायिक बनमा स्थानिय केही ब्यक्तिहरुकै सकृयतामा बिक्री बितरण कार्य भएकाेले साे कार्य राेक्नुपर्ने भन्दै चाैतर्फी दवाव र बिराेध गरेपछि हाललाइ साे कार्य स्थगित भएकाे छ ।
हिजाे बिहान ९ बजे वडा कार्यलय भवन तामाखानीमा सामुदायिक बन उपभाेक्ता समिति अध्यक्ष धन बहादुर तामाङकाे अध्यक्षतामा सम्पन्न आम भेलाले बैज्ञानिक बन ब्यबस्थापनबारे थप अध्ययन गर्न आवस्यक रहेकाे निस्कर्ष निकाल्दै तत्काललाइ काठ कटान र बिक्री बितरण कार्य स्थगित गरिएकाे भेलामा सहभागी एवं पिके सृजनशील युवा कलवका भु.पु अध्यक्ष देण्डी शेर्पाले बताउनुभएकाे छ ।
करिब १५० जना सहभागी रहेकाे भेलाले बर्तमान कार्यसमिति राजिनामा गराइएकाे र नयाँ समिति गठन नहुन्जेल निबर्तमान कार्यसमिति अध्यक्ष धन बहादुर तामाङलाइ नै बन ब्यबस्थापनकाे सम्पुर्ण ज़िम्मेवारी दिइएकाे जनाएकाे छ ।
साथै भेलाले दुधकुण्ड नगरपालिका ३ मा रहेका सबै सामुदायिक बन समुह हरु एउटै बनाउन आवस्यक रहेकाे र आगमी भेलामा प्राप्त सुझावका आधारमा अघि बढ्ने समेत निर्णय भएकाे थियेा ।
स्मरण रहाेस पिके ठाेवा सामुदायिक बन बैज्ञानिक बन बनाउने भन्दै काठ ठेकेदार र बन समितिकाे मिलेमतेामा बनमा रहेका सबै राम्रा रूखहरू टाँचा लगाइ करिब ५ करेाड रूपैयामा टेन्डर आह्वान गरी बनमा भएका रूखहरू काट्ने निर्णय गर्नुकेा साथै ठेकेदारबाट केही रकम समेत पेश्की लिइसककाे खुलासा भएकाे छ ।गत बर्ष जिल्लाकाे बिभिन्न स्थानहरू र सल्लेरी सडक खण्ड हुदै आेखलडुंगा जिल्लामा काठ अबैध बिक्री गर्ने गरेकाे थियो ।
येा गतिबिधिमा केही जिल्ला स्तरिय नेताहरूकाे आडमा प्रत्यक्ष केही ब्यक्तिहरू संलग्नता देखिए पनि मुख्य येाजनाकार काे हो भन्ने थाह हुन नसकेकाे र चाँढै अनुसन्धानमार्फत खेाजी गर्ने स्थानियहरू ले बताएका छन् ।
समायाेजन खबर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय