
हिमाली जिल्ला सोलुखुम्बुका युवाहरुद्धारा नगद रु २४ हजार सहयोग गरेको छ । अमेरिकी दुतावास अन्तर्गतको अमेरिकन दुतवास युवा परिषद नेपालद्धारा सुरु गरिएको तराई पुर्ननिर्माण अन्तर्गत adpot a family in terai for a week campaign को सहयोगार्थ श्री लालीगुरास युवा क्लवले नगद रु २४ हजारको सहयोगले तराईमा १ हप्ताका लागि ८ घरपरिवार पाल्ने भएको हो । शुक्रवार संस्थाका कार्यालय चावहिलमा एक कार्यक्रम गरी संस्थाका अध्यक्ष्ँ श्याम कार्की ,निवर्तमान अध्यक्ष्ँ बलकाजी राई तथा संस्थाका पदाधिकारीहरुकोे उपस्थितिमा परिषदका सदस्य कोवित बानिया“ र निम्लेकी शेर्पालाई हस्तान्तरण गरेका हुन् । लामो समयदेखि विभिन्न सामाजिक कामहरुमा कार्यक्रमहरु गर्दै आएको संस्थाले जिवनजल तथा केहि अन्य औषधिहरु पनि सहयोग गरेका छन ।