Advertisement


सोलुखुम्बु, मसिंर ७ । देख्दा, सुन्दा अचम्म लाग्न सक्छ उमेरले १०३ बर्ष पुगेकी सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा न २ दोलाङ्गकी च्याङसुर डोल्मा लामा शेर्पा आफै हिडेर जुनबेशी आएकी थिइन
उनी विहान ७ बजे घरबाट हिडेर ११ बजे जुनबेशी पुगेकी थिइन । जुनबेशीमा पुर्ननिर्माण भएको ३ बटा छर्योतेन(चैत्य)को रप्ने (प्राण प्रतिष्ठान) पुजामा सहभागी हुन र सेर्लौ गुम्बाका प्रमुख लामा टुल्कु पेमा थारचिन रिन्पोचे ज्युको ओङ (आशिर्वाद) लिनका लागि डोल्मा जुनबेशी पुगेकी थिइन ।
बुहारीको साहरामा उनी आफै हिडेर पुगेकी थिइन उनी भन्छिन उमेरले डाडा कटेपनि मनले डाडा काटेको छैन ।
उनमा अझैपनि जोस जागर छ । आफ्नो काम आफै गर्न सक्ने अवस्थामा छिन ।
हामीले सोधेका प्रश्नको उत्तर दिन सक्ने उनी भन्छिन हरेक काम आफै गर्ने गरेकी छु खाना पकाउन, गाइबस्तु हेर्न देखि लिएर उनी सवै काम गर्न सक्छिन । उनको जोस जागर र हिम्मत देखेर कार्यक्रममा आएका सबैको ध्यान तानेको थियो यति बृद्ध आमै आफै हिडेर त्यहा पुगेको देखेर सबै जना छक्क परेका थिए ।
धार्मिक कार्यमा उनी एकदमै लाग्ने गरेकी छिन । हरेक पुजापाठ हुने स्थानमा पुग्ने गर्छिन .
https://www.youtube.com/watch?v=PNjRZLNx-W8&feature=youtu.be

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय