शेर्पा सञ्चार समूह नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको शेर्पा भाषाको आधारभूत उद्घोषण तालिम आज सम्पन्न भएको छ ।
“आम सञ्चार क्षेत्रमा शेर्पाहरुको व्यापक सहभागिता,सञ्चार क्षेत्रलाई व्यावसायीकरण गर्ने हाम्रो प्रतिबद्धता” भन्ने मुल उद्देश्यका साथ २१ दिने शेर्पा भाषा उद्घोषण तालिम आयोजना गरिएको थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङको प्रमुख अतिथ्यता तथा नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पाको विशेष अतिथ्यतामा २१ दिने शेर्पा भाषा उद्घोषण तालिमको समापन सँगसँगै चियापान कार्यक्रम सहित तालिममा उपस्थित सहभागीहरुको लागि प्रमाणपत्र सहित उद्घोषण तालिम सम्पन्न भएको जनाइएको थियो ।

पछिल्लो अवस्थामा लोप हुँदै गएको शेर्पा भाषालाई संरक्षणका साथसाथै आम सञ्चार क्षेत्रमा शेर्पाहरुको पहुँच वृद्धि गराउने उद्देश्यका साथ तालिमको आयोजना गरेको आयोजकले बताइएको छ।शेर्पा भाषालाई संरक्षण गर्न आम शेर्पा समुदायले यस्तै शेर्पा भाषाको आधारभूत तालिम संचालन गर्नुपर्ने जोडदार माग सहित शेर्पा सञ्चार समूहले आयोजना गरेको उद्घोषण तालिमका लागि आर्थिक भौतिक तथा नैतिक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगीहरुलाई सम्मानपत्र सहित निकट भविष्यमा समेत यस्तै महत्त्वपूर्ण साथ र सहयोग अपेक्षा रहेकोे सञ्चारका अध्यक्ष फुर्किमा शेर्पाले बताउनुभयो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङले शेर्पा भाषाको संरक्षणक लागि शेर्पा सञ्चार समुहले गरेको योगदानको उच्च कदर गर्दै शेर्पा समुदायबाट सञ्चार क्षेत्रमा क्रियाशील हुन खोज्ने इच्छुक शेर्पाहरुको लागि महासंघले गर्ने सबै काममा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जायर गर्नु भयो

गत मिति २०७४ माघ ७ गतेदेखि संचालन भएको शेर्पा भाषाको आधारभूत उद्घोषण तालिममा सोलुखुम्बु,सिन्धुपाल्चोक,दोलखा,रामेछाप र ओखलढुंगाका शेर्पा युवाहरुको सहभागिता रहेको थियो।vकार्यक्रमको सहजीकरण तथा प्रशिक्षण कार्यक्रम हिमालयन सांस्कृतिक केन्द्रका महासचिव सेर्कु शेर्पाले गरेको थियो। उद्घोषण तालिम सप्पन्न भएको अवसरमा नेपाल शेर्पा संघले सहभागी सबै विद्यार्थीहरुको लागि मायाको चिनो स्वरुप शेर्पा भाषाको शब्दकोष किताब समेत वितरण गरिएको आयोजकले जनाइएको छ।विद्यार्थी किताब हस्तान्तरण गर्दै नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी (ए डि) शेर्पाले भाषाको संरक्षणका लागि आम शेर्पा युवाहरुको विशेष भुमिका रहने भएको यसको संरक्षणका लागि युवाबर्ग नै सक्रिय हुनेपर्नेमा जोड दिदै शेर्पा भाषा उद्घोषण तालीम आयोजना गर्ने आयोजक संस्थालाई धन्यवाद समेत ज्ञापन गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय