रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा न. १ सिङवन्दिका दावासोनाम थोक्रा तामाङ बुवाले गरिरहेको चौरिपालनलाई व्यवसाय फार्म दर्ता गरी आफू पनि लागि परेका छन् ।

डिएण्ड चौरी दूध,पशुपंक्षि तथा कृषि फार्म दर्ता गरी करिब २३ लाखको लगानीमा व्यवस्थित रूपमा ३२ वटा चौरी र बाख्रा १३ वटा पालेका छन्।घिउ, छुर्पी, पनिर, चिज उत्पादन गरिरहेको उनको फार्ममा वार्षिक चार लाख आम्दानी हुने तामाङ बताउँछन् ।

सानैदेखि लगनशील,मेहनत गर्ने खालको दावा आफ्नो कृषक बुबाबाट प्रेरित भई कृषिमा पनि मेहनत गर्न सके राम्रो आम्दानी हुने देखेपछि बुवा सँगै गाउँमै चौरी तथा बाख्रा पालेर बसिरहेका छन्।

उमेर सानै भए पनि बुद्धि विवेक प्रयोग गरी केही गरौँ रोजगारी बनौ भनेर कृषि पेसामा लागेको जहाँ गए पनि दुख त गर्नै पर्छ अरूले के गरे भन्दा पनि आफूले के गर्दा राम्रो हुन्छ भन्ने सोचले मलाई कृषि पेसामा लाग्न प्रेरित गरेको उनको भनाइ छ ।

आफू सरहको साथीहरू रमाइलो गरेर हिड्दछन तर म काम प्रति लगनशील भएर लाग्छु तामाङ बताउँछन् ।

-Source:sailung online(सरस्वती न्याैपाने)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय