सोलुखुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ काँडेमा भिरबाट लडेर भरियाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सोताङ गाउँपालिका २ पावैका ४४ बर्षीय पुरुष नैनाकेसर राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार कोदो बेचेर लुक्लाबाट सोताङ घर फर्किने क्रममा गत मंगलबार काँडे स्थित भिरबाट लडेका राईको घटना स्थलमै ज्यान गएको हो ।  बाटोबाट करिब १०० मिटर तल खोलामा डुबेको अवस्थामा राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ ।

-solu FM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय