सोलुदुधकुन्ढ नगरपालिका वडा नं १० दिमिल स्थित नवनिर्मित सामुदायिक भवनको उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ। सोलुदुधकुन्ढ नपाको मेयर नाम्गेल जाङबु शेर्पाको प्रमुख अथिथ्यमा भवनको उद्घाटन सम्पन्न भएको हो।
स्विस दाताहरुको आर्थिक सहयोग र एक्टिव फ्रेन्ड नेपाल का डाइरेक्टर मिङमार शेर्पा र ट्रेकिङ गाइड दिमिल निवासी तेन्जी शेर्पाको पहलमा सामुदायिक भवनको निर्माण कार्य सम्पन्न भएको हो। यस भवनमा जाडो मौसम लाई मध्यनजर गर्दै नुहाउन तथा लुगा धुनको लागि तातो पानी जडान गरिएको छ।
यस अघि पनि उहाँहरुकै सहयोगमा यस दिमिल गाउँमा drinking water project, smoke free stoves, house heaters लगायतका योजना निर्माण कार्यहरु सम्पन्न भईसकेको छ। र आगामी दिनहरुमा एक्टिव फ्रेन्ड नेपालका सहयोगी दाताहरु र सोलुदुधकुन्ढ नगरपालिका को समन्वयमा टाप्टिङ्ग र लुम्सा को विचमा रहेको घट्टेखोला र जुके र दिमिल को विचमा रहेको जुके खोलामा यातायात को सेवालाई सहज बनाउनका लागि मोटोरेवल पुल निर्माण कार्य हुने भएको छ।





