ञ्युङ्ने दोलखाका उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकामा कोरोना महामारीबाट ज्यान गुमाएहरुको नाममा संचालित ञ्युङ्ने शुक्रबार समापन गरिएको छ ।

पछिल्लो समय कोराेनाका कारण अकालमा ज्यान गुमाएकाहरुको आत्मा शान्तिको कामनाका लागि ञ्युङ्ने(व्रत) कार्यक्रम संचालन गरेको प्रशिक्षक एवं अहिंसाबादी विश्वशान्ति चक्र संघका केन्द्रीय सदस्य धनदोर्जे योन्जन लामाले जानकारी दिए ।

गौरीशंकर गाउँपालिका-३, स्थित रिन्छेन छ्योईलीङ बौद्ध गुम्बाकाे आयोजनामा भएको ञ्युङ्ने कार्यक्रममा १३ जनाले व्रत लिएको गुम्वाका अध्यक्ष दावा दोर्जे लामाले बताए ।

ञ्युङ्ने अर्थात ब्रतले मानव जीवनमा मात्र नभई धर्ती जगतमा रहेका सम्पूर्ण प्राणीको हितका निम्ति समेत आयोजना गरेको प्रशिक्षक एवं अहिंसाबादी विश्वशान्ति चक्र संघका केन्द्रीय सदस्य लामाको भनाइ छ । उनका अनुसार तीन दिनदेखि संचालित ञ्युङ्ने  बस्दा धार्मिक ग्रन्थमा पुण्य कमाइले उल्लेख छ ।

बौद्व गुम्बाहरुले विशेष गरि ञ्युङ्ने दशैंको समयमा बढी आयोजना गरेको पाईन्छ, यसर्थ दशैमा बढी मात्रामा पशुको हत्या हुने भएकोले उनीहरूको आत्माको शान्तिको कामना विशेष उद्देश्य भएको कार्यक्रमका प्रमुख अतिथि अहिंसाबादि विश्वशान्ति चक्र संघका सदस्य ज्योमो पाल्मो छिरिङ लामाले बताए ।

त्यस्तै सकेसम्म जगतमा कुनै पनि प्राणीको हत्या हुन नपरोस, सबैले सुख, शान्तिका साथ बाच्न पाउनुपर्छ, भन्ने मुल उद्देश्यका साथ नेपालका विभिन्न धार्मिक बौद्ध गुम्बाहरुमा ञ्युङ्ने बस्ने गरेको नेपाल अहिंसाबादी विश्वशान्ति चक्र संघका महासचिव प्रेम दोर्जे लामाको भनाइ छ ।

जिल्लामा पछिल्लो समय ञ्युङ्ने अर्थात् लामा गुरुद्वारा दिईने व्रत निक्कै प्रभावकारी देखिन्छ । ञ्युङ्नेले आत्मबलसंँगै स्वस्थपुर्ण जीवन जिउन धरै फाईदा हुने लामा ज्योमो आनिले बताइन् । दोलखाको उत्तरी क्षेत्रका ५ भन्दा बढी गुम्बामा झन्डै ५०० जनाले न्युङ्ने बसेकाे नेपाल अहिंसाबादी विश्वशान्तिचक्र संघका जिल्ला अध्यक्ष दलबहादर (राप्तेन दोर्जे )तामाङको भनाइ छ ।

ञ्युङ्ने के हो ?

ञ्युङ्ने हत्या हिंसाभन्दा पर रहेको एक पवित्र व्रत हो ।दशैंको समयमा तीन दिनको विशेष समय बस्ने यस व्रतमा पहिलो दिन एक छाक शुद्ध शाकाहारी खाना खाईन्छ भने, दोस्रो दिन शुद्ध पानी मात्र नभई ब्रतालुहरु एक आपसमा बोल्न समेत पाइदैन । त्यसदिन पुजापाठ समेत सांकेतिक भाषामा गर्ने गर्छन् । तेस्रो दिन भने बिहान् २ वजेबाट ५ घण्टासम्म पूजापाठ सकिएपछि जलप्रसाद लिएर मात्र शुद्ध शाकाहारी भोजन लिन सकिन्छ ।

बौद्ध धर्ममा व्रत विभिन्न प्रकारका लिने गरेको पाए पनि ञ्युङ्ने त्यसमध्येको एक विशेष प्रकृतिको हो, जस्ले विश्व जगतमा कुनै प्राणीको हत्या हिंसा हुन नपरोस् र कतै हत्या भएको खण्डमा तिनीहरुको आत्मको उद्दार होस भन्ने मुख्य उदेश्य रहने गर्छ ।

व्रतालुहरु शुद्ध शाकाहारी र मध्यपान, धुम्रपान नगर्ने व्यक्तिहरु सामेल भई ब्रतलाई सफल पारिन्छ । बौद्ध धर्ममा व्रत विभिन्न प्रकारका लिने गरेको पाए पनि ञ्युङ्ने त्यसमध्येको एक विशेष प्रकृतिको हो, जस्ले विश्वज गतमा कुनै प्राणीको हत्या हिंसा हुन नपरोस् र कतै हत्या भएको खण्डमा तिनीहरुको आत्मको उद्दार होस भन्ने मुख्य उदेश्य रहने गर्छ ।

जिल्लामा विसं २०६५ बाट ञ्युङ्ने व्रत शुरुवात गरिएको जिल्ला अध्यक्ष तामाङले बताए । उनका अनुसार हालसम्म करिव ११ हजारभन्दा बढीले ञ्युङ्ने व्रत लिइसकेका छन् । विसं २०३६ मा चितवनबाट ञ्युङ्नेको सुरुवात गरिएको खेम्पो पेमा सम्वा लामाको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय