जाजरकोट समाचारदाता, जाजरकोट, मङ्सिर ४ गते । जिल्लाको छेडागाड नगर पालिका–८, घोगी पजारुमा रहेका चैत्य गुम्बा तथा प्राचीन देवलहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । निकै आकर्षक र ऐतिहासिक ती देवल संरक्षणमा सरकार ले चासो नदिँदा ओझे लमापरेका हुन् ।

१३औँशताब्दीमा जाजर को टमा भोटे हरूले शासन गरेको र उनीहरूले नै यी देवल बनाएको जाजरकोटको इतिहासका जानकारहरू बताउँछन् । ढुङ्गा कुदेर बनाइएका ती कलात्मक चैत्य गुम्बा तथा देवलहरू संरक्षणको अभावमा मासिनेखतरा बढेको छ । यी देवलको खोज अनुसन्धान गरी प्रचार गर्न सके पर्यटकीय आर्कषणको केन्द्र बन्न सक्नेस्थानीयको भनाइ छ । तीन रोपनी जग्गामा फैलिएको देवल क्षेत्र स्थानीय सरोकार वाला, सरकार र पर्यटन क्षेत्रसँग सम्बद्ध निकायको बेवास्ताका कारण ओझेलमा परेको छ । करिब सात सय वर्षअघि निर्माण भएका ती चैत्य गुम्बा तथा देवलहरूको उचित संरक्षण र प्रचार को अभाव हुँदा बाहिरी जिल्लाका मात्र होइन जाजरकोटवासी नै देवलको ऐतिहासिक महत्व बारेमा बेखबर छन् ।

स्थानीय समाजसेवी वीर बहादुर बस्नेतले सडक पहँुच र अन्य आवश्यक पूर्वाधार को निर्माण नहुँदा महत्वहीन जस्तै बनेको उक्त देवल क्षेत्रको संरक्षण र प्रचार प्रचारमा सरो कावालालेउचित ध्यान र चासो दिए जाजरकोट जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो । तीन रोपनी जग्गामा रहेका १३ वटा देवलको कलात्मक आकार , प्राचीनता र आकर्षक बनावटले त्यहाँ पुग्नेजो कोहीलाई मोहित पार्ने गरेको छ ।

छेडागाड नगर पालिकाका प्रमुख लालबहादुर महताराले पजारुको घोगीस्थित चैत्य गुम्बा तथा देवल क्षेत्रको संरक्षण र प्रवद्र्धनतर्फ आफूहरूले विस्तृत योजनाको तयारी गरिरहे को बताउनुभयो । उहाँले जाजरकोट जिल्लाकै महìवपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेकोपजारुको घोगीस्थित देवल क्षेत्र पुग्न सडक यातायातको पहुँच पु¥याउन पहल भइरहेको बताउनुभयो

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय