काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को सम्वन्धमा नेपाल शेर्पा संघको आयोजनामा अन्तक्र्रिया आयोजना भएको छ । राजधानीमा उपलब्ध किदुगसँग अन्तक्र्रिया आयोजना भएको हो ।

जनगणनामा शेर्पा समुदायको एकिन तथ्याङ्क पत्ता लगाउन नेपाल शेर्पा संघले विभिन्न कार्यक्रमहरु अघि बढाएको छ जस अन्तर्गत किदुगसँग अन्तत्र्रिmया कार्यक्रम एक हो । जनगणना अन्तर्गत घर तथा घरपरिवार सूचिकरण कार्य भइरहेको छ । मूल जनगणना कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने तय भएको छ । नेपाल शेर्पा संघ शिक्षा, स्वास्थ्य जनसंख्या विभागका प्रमुख दावा शेर्पाको अध्यक्षतामा आयोजित अन्तक्र्रियामा किदुग समन्वय विभागका संयोजक लाक्पा शेर्पाले कार्यक्रमको औचित्य र जनगणनाको महत्वबारे सहजिकरण गरेका थिए ।

संघले अन्तक्र्रियामार्फत किदुगहरुलाई जनगणनाको कार्यतालिका अनुसार आफ्नो क्षेत्रको तथ्याङलाई यथार्थ रुपमा टिप्ने, टिपाउने र यस महाअभियानलाई सफल पार्दै हाम्रो तथ्याङ्कलाई एकिन गर्न भूमिका खेल्न आग्रह गरेको संघका केन्द्रीय कोषाध्यक्ष आङ काजी शेर्पाले जानकारी दिए ।

संघले आफ्नो किदुगभित्र जनगणना २०७८ सम्वन्धमा व्यापक छलफल सञ्चालन गर्ने, छलफल÷अन्तक्र्रियामा नेपाल शेर्पा संघको प्रतिनिधी आमन्त्रण गरी जनगणनाबारे प्रष्ट पार्न लगाउने, किदुगको कार्यक्षेत्रभित्र पर्ने जिल्ला, गाउँ, वडाहरुमा स्वयम्सेवकहरु परिचालन गरी सबै शेर्पाहरुको जनगणनामा अनिवार्य सहभागि गराउने, गणक तथा सुपरीवेक्षकसँग समन्वय गर्ने, आफ्नो गणना छुटेमा स्थानीय वडा कार्यालय, जनगणना कार्यालयमा तत्काल सम्पर्क गरी टिपाउन किदुगहरुलाई अनुरोध गरेको महासचिव लाक्पा शेर्पाले जानकारी दिए । त्यस्तै, राजधानीमा विभिन्न पेशा व्यवसाय सञ्चालन गर्दै बसोवास गर्ने आफ्नो किदुगभित्रका सम्पूर्णलाई जनगणनाको महत्व, आवश्यकता र गणना बारे जानकारी दिने, किदुगको नाम, लोगो राखी प्रचार सामाग्रीहरु बनाई सामाजिक सञ्जालमार्फत शेर्पा संघले अघि सारेको शेर्पा लेखौं, शेर्पा लेखाऔं अभियानलाई व्यापक प्रचारप्रसार गर्न भनेको उपाध्यक्ष दावा शेर्पाले जानकारी दिए । संघले एउटै घरमा धेरै परिवारहरु बसोवास गर्ने तर गणकहरुले घरमूलिको मात्रै गणना गरेर फर्किनपनि सक्ने भएकाले गणकलाई भेटि आफ्नो प्रष्ट गणना गराउन सहजिकरण गर्ने गर्न किदुगहरुलाई भनेको छ । संघले किदुगहरुलाई आफ्नो क्षेत्रमा गरेको कार्यहरुको बारेमा एक सामुहिक तस्वीर, वैठककपीसहित नेपाल शेर्पा संघमा प्रतिवेदन पेश गर्ने समेत किदुगहरुलाई अनुरोध गरेको छ ।

अन्तक्र्रिया कार्यक्रममा किदुगका प्रतिनिधीहरुले घरधूरी सूचिकरण सम्वन्धमा भोगेका कुराहरुका बारेमा समेत धारण राखेका थिए । संघले जनगणनालाई सफल बनाउँदै शेर्पा समुदायको एकीन तथ्याङ ल्याउन विभिन्न जिल्लामा संयोजक तोकी कार्य अघि बढाएको छ ।

– लाक्पा जी शेर्पा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय