काठमाडौं । लोखिम सरोकार समाजले कोरोना संक्रमित रुपा बि.कको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिम स्थायी घर भई हाल काठमाडौंको कपनमा बस्दै आएकी रुपा बि.क.लाई कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक उपचारमा आर्थिक समस्या भएकाले संस्थाले विभिन्न व्यतिmहरुको सहयोगमा आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
कोरोना संक्रमित बि.कको ‘आर्थिक अभावका कारण उपचारमा समस्या भएको खबर पाएपछि आर्थिक सहयोगको पहल गरेको शेर्पाले बताउनुभयो । तत्काल ५० हजार सहयोग गरेको र उपचारमा समस्या देखिएमा वा उपचारका लागि आर्थिक अभाव भएमा लोखिम सरोकार समाजले फेरि पनि सहयोग गर्ने बताउनुभयो ।
वि.कको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ९टिचिङ हस्पिटल०मा उपचार भइरहेको छ ।






