काठमाडौ । रामेछाप शेर्पा किदुगले काठमाडौको बौद्ध स्थित शेर्पा सेवा केन्द्रको प्राङगनमा आयोजना गरेको वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा किदुगका सदस्य साथै विभिन्न व्यतिmहरुले रतmदान गराएको किदुगले जनाएको छ । कोभिडका विरामी साथै अन्य रोगका विरामीहरुका लागि समेत अस्पतालहरुमा रगत अभावको सुचनाहरु सामाजिक संजालमा देखिरहेका छौं । यस्तो अवस्थामा यसरी संघसंस्थाहरुले पनि रक्तदान कार्यक्रमको आयोजना गरि रगत संकलन रगत अभावमा थोरै भए पनि सहयोग पुग्ने भएकोले यो कार्यक्रम आयोजना गरिएको संस्थाको अध्यक्ष ल्हाक्पा तेन्जी शेर्पाले जानकारी दिनुभयो । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने नारा सहित सञ्चालन भएको उक्त रक्तदान कार्यक्रममा ३० भन्दा बढि व्यतिmले रतmदान गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय