सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङमा करोड लगानीमा निर्माण गरिएको विद्युत, खानेपानी, क्लाइम्बिङ वाल र सामुदायीक भवनको एकैदिन उद्घाटन गरिएको छ ।

आन्दोराका नागरिक आना बाबेतको सहयोग तथा बोस एड्भेन्चरका संचालक मिङमार शेर्पाको समन्वयमा टाप्टिङमा निर्माण गरिएको लघुजलविद्युत, खानेपानी आयोजना, क्लाइम्बिङ वाल र सामुदायीक भवनको उद्घाटन गरिएको हो । आनाको सहयोगमा साविकको टाप्टिङ ७ का १०५ घर परिवारलाई घरघरमा खानेपानी वितरण गरिएको छ भने २० किलोवाटको लघुजलविद्युतबाट विद्युत वितरण गरिएको छ ।

विद्युत विस्तारमा समेत उपभोक्ताहरुलाई मिटरबक्समा आन्दोराका नागरिक आनाले सहयोग गरेकी थिइन् । सुविधासम्पन्न सामुदायीक भवन पनि अनाकै सहयोगमा निर्माण गरिएको हो । हिमाल आरोहणलाई सहयोग पु¥याउने गरि क्लाइम्बिङ वाल समेत निर्माण गरि संचालनमा ल्याइएको छ ।

यसअघि आनाले चम्पादेवी आधारभूत विद्यालयको भवन निर्माणमा समेत सहयोग गरेकी थिइन् । उनले कोरोना महामारीको समयमा अक्सिजन सहित अन्य स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेकी थिइन् । उद्घाटन कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राई, वडाअध्यक्ष मिङमार छिरी शेर्पा लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय