टोक्यो, जापान: जापानमा बसोबास गर्ने थकाली समुदायले प्रतिष्ठित नेपाली कवि स्व. भुपी शेरचनलाई श्रद्धाञ्जलि अर्पण गर्दै बलिङ प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी २० अक्टोबर २०२४, आइतबार, टोक्योको शिनकोइवा बलिङ सेन्टरमा हुने जनाएको छ ।
यो प्रतियोगिताले नेपाली साहित्यको विशिष्ट व्यक्तित्व स्व. भुपी शेरचनलाई सम्मान गर्नुका साथै जापानमा बसोबास गर्ने थकाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्य राखेको छ। आयोजकले जापानभरका थकाली समुदायलाई आ-आफ्नो टिम बनाएर प्रतियोगितामा भाग लिन हार्दिक आह्वान गरेको छ।
आयोजकले प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडीहरूलाई अग्रिम शुभकामना व्यक्त गरेको छ। यो प्रतियोगिताले जापानमा बसोबास गर्ने नेपाली समुदायको सामाजिक तथा सांस्कृतिक एकतालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। साथै, यसले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
सहभागिताका लागि सम्पर्क:
प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूले कुमार शेरचन (०८०३७३२०९४४), बुद्धि गौचन (०९०३५०६३४११) लगायतका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न सक्नेछन्।