इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले ब्रेन्टफोर्डलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले  ब्रेन्टफोर्डलाई ३–१ ले हराएको हो ।

जीतसँगै आर्सनल १९ खेलमा ३९ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ब्रेन्टफोर्ड समान १९ खेलमा २४ अङ्कसहित बाह्रौं स्थानमा छ ।

अङ्कतालिकामा १८ खेलमा ४५ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको नटिङ्घम फरेस्टको १९ खेलमा ३७ अङ्क रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय