फुनाबासी/जापान

हालसालै स्थापित गुरुङ समाज जापानले जापानमा आयोजित तेश्रो फुनाबासी दशैं कपको उपाधि जित्दै सबैलाई चकित पारेको छ। कुल ३२ टिमको प्रतिस्पर्धामा गुरुङ समाजले आफ्नो पहिलो प्रयासमा नै ऐतिहासिक सफलता हात पारेको हो।
आयोजक चन्द्रसूर्य एफसी जापानले आयोजना गरेको यस फुटसल टुर्नामेन्टमा गुरुङ समाजले लिग चरणदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको थियो। फाइनलमा अल स्टार एफसीलाई २-१ ले पराजित गर्दै गुरुङ समाजले नगद ५ लाख जापानी येनसहित उपाधि जित्न सफल भयो।

पहिलो प्रयासमा ऐतिहासिक सफलता:

गुरुङ समाज जापानका खेलकुद विभाग प्रमुख पल गुरुङले यस सफलताले समाजलाई थप ऊर्जा मिलेको बताए। उनले भने, “स्थापना भएको छोटो समयमै यस्तो ठूलो जिम्मेवारी वहन गर्ने अवसर पाउनु हाम्रा लागि गर्वको कुरा हो। पहिलो प्रयासमा नै यो सफलता हात पार्नुले हामीलाई अझै मेहनत गर्न प्रेरित गरेको छ।”


विजेता टिमका अध्यक्षबाटै पुरस्कार वितरण:

विशेष संयोग के रह्यो भने, विजेता टिम गुरुङ समाज एफसीकै अध्यक्ष युवराज गुरुङले नै विजेता र उपविजेता टिमलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगदसहित पुरस्कार वितरण गरे। युवा र जुझारु अध्यक्ष गुरुङले यस सफलताले समाजलाई एकताबद्ध बनाएको बताए।उहाँले  उत्कृष्ट खेलाडीको अवार्ड रोशन अधिकारी (अल स्टार एफसी), उत्कृष्ट गोलकिपरको अवार्ड सुमन दास (गुरुङ समाज एफसी) र उच्च स्कोररको अवार्ड इमान लामा (गुरुङ समाज एफसी)खेलाडीहरुलाई पनि हार्दिक बधाई व्यक्त गरेका थिए  ।

उत्कृष्ट खेलाडीहरू:
यस प्रतियोगितामा उत्कृष्ट खेलाडीको अवार्ड रोशन अधिकारी (अल स्टार एफसी), उत्कृष्ट गोलकिपरको अवार्ड सुमन दास (गुरुङ समाज एफसी) र उच्च स्कोररको अवार्ड इमान लामा (गुरुङ समाज एफसी) ले प्राप्त गरे।

गुरुङ समाज जापानले तेश्रो फुनाबासी दशैं कपको उपाधि जित्दै जापानमा नेपाली समुदायको खेलकुद क्षेत्रमा एक नयाँ अध्याय थपेको छ। यस सफलताले अन्य समुदायलाई पनि प्रेरित गर्ने विश्वास लिइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय