जापानमा आयोजित जेएफए अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाली टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ। पूर्व राष्ट्रिय फुटबल टिमका स्टार फरवार्ड सन्तोष साउखलाको कप्तानीमा नेपाली टोलीले फाइनलमा अर्जेन्टिनालाई ४-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ।

यस प्रतियोगितामा अमेरिका, स्पेन, ब्राजिल, अस्ट्रेलिया, अर्जेन्टिना र जापानको परराष्ट्र मन्त्रालयको टोलीसहित विश्वका विभिन्न देशका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको थियो। फुटबलमार्फत विश्वभरका खेलाडीहरूबीच मित्रता प्रगाढ बनाउने उद्देश्यले आयोजित यस प्रतियोगितामा नेपालले आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छ।

समुह चरणमा नेपालले स्पेनलाई १-०, अस्ट्रेलियालाई ६-० ले पराजित गर्दै र अमेरिकासँग गोलरहित बराबरी खेलेर समूह विजेता बन्दै फाइनल प्रवेश गरेको थियो। फाइनलमा अर्जेन्टिनालाई ४-० ले पराजित गर्दै नेपालले नयाँ इतिहास रचेको छ।

प्रतियोगितामा भाग लिएका सबै टिमलाई नेपाली खेलाडीहरुले नेपालको संस्कृति झल्कने उपहार प्रदान गरेर सम्मान गरेको छ। यसले प्रतियोगितालाई अझै विशेष बनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय