जापानमा रहेको नेपाल जापान फुटबल ऐशोसिएशनले नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई कदर पत्रसहित सम्मान गरेको छ। पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका तामाङले नेपाली फुटबलमा पुर्‍याएको योगदानको कदर गर्दै ऐशोसिएशनले उनलाई सम्मान गरेको हो।

ऐशोसिएशनका महासचिव मनोज श्रेष्ठका अनुसार, तामाङले नेपाली फुटबलको विकासमा निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। हाल राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षकको रूपमा उनको कार्यकाल सफलताको कामना गर्दै ऐशोसिएशनले यो सम्मान प्रदान गरेको हो।

टोकियोमा आयोजित एक विशेष कार्यक्रममा ऐशोसिएशनका अध्यक्ष, महासचिव र संरक्षकले संयुक्त रूपमा तामाङलाई कदर पत्र प्रदान गरेका थिए। सो अवसरमा नेपाली फुटबलको विकासमा तामाङले पुर्‍याएको योगदानको प्रशंसा गरिएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय