म्हेन्दो लामा/ ओकिनावामा
गैर आवसिय नेपाली संघ क्षेत्रिय समिति ओकिनावाले जापानको ओकिनावा क्षेत्रमा खेलप्रति मेरो लगाव र जिम्मेवारी भन्ने मुल नाराका साथ प्रथम नेपालि फुट्सल प्रतियोगिता सम्पन्नगरेको छ ।
खेल यही अगष्ट १२ मा ओनोयामा फुटसल टर्नामेन्टमा सम्पन्न भएको हो । खेलमा बिभिन्न संघ संस्था गरि १४ टिमको सहभागिता रहेको थियो । अतिरिक्त खेलले युबा प्रतिभा लाई प्रोत्साहन गर्ने साथै भातृत्व , सामाजिकीकरणका साथै नेपाली सामुदायिक एकतामा बल पुर्याउन महत्वपुर्ण भुमिका खेल्ने गैर आवसिय नेपालि संघ NRNA ओकिनावाका सचिव सुबास गुरूङले जानकारी दिनुभयो ।

खेलमा बिभिन्न चरणहरूलाई पार गर्दै Ziten FC बिजेता बन्न सफल भएको थियो । त्यसै गरि हिमालयन करिहाउस उपविजेता र JRF फुटसल टिमले तृतिय स्थानको उपाधि हात पारेको थियो । प्रथम उपविजेता तृतिय स्थान हासिल गर्ने टिमलाइ क्रमश ट्रफी मेडल र प्रमाणपत्रको साथमा जापानी येन १,०१,१११ ,५५,५५५ र ३३,३३३ प्रदान गरिएको थियो ।

समुद्र पारी बसेर पनि खेलकुदलाई माया गर्दै खेलाडिहरूको प्रोत्साहनकर्ता लागि प्रतियोगिताको आयोजना गरिएको गैर आवसिय नेपालि संघ NRNA ओकिनावाका उपाध्यक्ष सुबास थापाले जानकारी दिनुभयो ।
आगामी दिनमा NRNA क्षेत्रीय कमिटी ओकिनावाले युबा प्रतिभालाई लक्षित गरेर खेलकुद साथै नेपाली समुदायको सद्भाब र एकताको लागि युवा प्रोत्साहन कार्यक्रमहरु आयोजना गरिने गैर आवसिय नेपालि संघ NRNA ओकिनावाका अध्यक्ष देबेन्द्र खड्काले बताउनूभयो ।
खेल भब्य , अनुशासित एवम् मर्यादित रूपमा सम्पन्न भएको थियो ।खेलमा ओकिनावामा बसोबास गर्ने सम्पुर्ण नेपाली बुद्धिजीवी,व्यवसायी साथै खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । । खेल सम्पन्न गर्नकानिमित्त यहांका व्यवसायि, वुद्धिजिवी सबैले सहयोग गरेका थिए ।





