स्याङ्जा सहयोग समाज (अन्तर्राष्ट्रिय समन्वय समिति) ले आयोजना गर्न लागेको स्याङ्जा ICC प्रथम भलिबल कप २०२४/२०८१ ले जिल्लामा खेलकुदको ज्वाला बाल्ने भएको छ। यो प्रतियोगिता आगामी कार्तिक २, ३ र ४ गते वालिङ खेल मैदानमा आयोजना हुने भएको छ।
प्रतियोगितामा स्याङ्जा जिल्लाका विभिन्न पालिकाहरूका टिमहरूको सहभागिता रहनेछ। प्रतियोगितामा भाग लिन चाहने टिमहरूले आउँदो असोज २० गतेसम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन्। विजेता टिमले नगद रु. १,५०,०००/- सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै द्वितीय, तृतीय र सान्त्वना पुरस्कारका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
यो प्रतियोगिताले स्याङ्जा जिल्लाका विभिन्न पालिकाहरूबीच खेलकुदको माध्यमबाट एकता र सहयोग बढाउने उद्देश्य राखेको छ। साथै, यसले जिल्लाको खेलकुद क्षेत्रको विकासमा पनि टेवा पुग्ने विश्वास गरिएको छ। प्रतियोगितामा देशभित्र तथा विदेशमा रहेका स्याङ्जेलीहरूको समर्थन र सहभागिताको अपेक्षा गरिएको छ।
थप जानकारीका लागि सम्पर्क:
प्रकाश श्रेष्ठ: ९८५११३१२०८
ओम प्रकाश पोखेल: ९८६९६०८८८४
हिमलाल इसे: ८८५६०१६८८०
गुप्त मेहे: ९८५६००५८६०
विरऊजीवी ढकाल: ९७४८४३०२२१
टुकराज अर्याल: ९८४६२०३२८५
खेम कापले: ९८५६०३१५६०





