हिमाली सन्देश दोलखा – प्राकृतिक मनोरमताले भरिपूर्ण दोलखा जिल्ला पर्यटकीय आकर्षणको केन्द्र हो । सडक लगायतका भौतिक पूर्वाधार बन्नु पूर्व बिस्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जाने पर्यटकहरु अरनिको लोकमार्गको खाडिचौरवाट जिरी हुँदै सगरमाथा आधार शिविर सम्म पैदल यात्रा गरे जान्थे । सगरमाथाका प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारी पनि यहि पदमार्ग हुँदै आधार शिविर पुगेका थिए । यो पुरानो पदमार्गलाई पछ्याउने पर्यटकहरु अझै पनि छन् ।

सगमाथाको प्रवेशद्धार भनेर चिनिने पर्यटकीय नगरी जिरी हुँदै सगरमाथा आधार शिविर र खुम्बु क्षेत्रको भ्रमणमा जाने बिदेशी पर्यटकहरुको सँख्या अहिले पनि उल्लेख्य छ । पछिल्लो पटक गौरीसँकर गाउँपालिकाको बेदिङबाट च्छो रोल्पा हिमताल हुँदै ‘टासिलप्चा’ पार गरेर आधार शिविरतर्फ जाने पर्यटकको सँख्या अझ बढि छ । प्रसिद्ध भीमेस्वर मन्दिर, कालिन्चोक भगवति लगायतका धार्मिक एवँ साँस्कृतिक सम्पदाको धनि रहेको दोलखमा धार्मिक र आन्तरिक पर्यटकको चाप पनि बर्षेनी बढ्दो छ ।

मनै लोभ्याउने हिमश्रृङखला, सुन्दर डाँडाकाडा, हरियाली र नागबेली झैं सलल बगेको तामाकोसीको दृश्य कम मनमोहक छैन । पर्यटकी आकर्षणको केन्द्र दोलखाको सदरमुकाम चरिकोट, पर्यटकीय आकर्षणको केन्द्र जिरी, कालिन्चोक बेश क्याम्प कुरी, ऐतिहासिक दोलखा बजार क्षेत्रमा सुविधा सम्पन्न होटल, लज खुल्ने क्रम पनि तिव्र छ । पर्यटकलाई सुविधा दिनका लागि खुलेका यीनै होटल, लज र रिर्सोट मध्ये एक हो, चरिकोट पानारोमा रिर्सोट । यो रिर्सोट स्वदेशी तथा विदेशी पर्यटकहरुको पहिलो रोजाईको रिर्सोट हो । नेपाल सरकारका मन्त्रि देखि उच्च अधिकारीहरु, पूर्व राजपरिवारका सदस्यहरु, बिभिन्न मुलुकका राजदुत, ठूला उद्यमी व्यवसायी, दातृ निकायमा सँलग्न मानिसहरु पानारोमामा बस्न रुचाउँछन् ।

खासगरी मनसुन सकिएर दशैं तिहार नजिकिदै गर्दा दोलखाको प्राकृतिक छटा अझ बढि अनुपम बन्ने गरेको छ । क्षणभरमा हुस्सु, बर्षा, क्षणभरमै खुल्ने गौरीसँकर हिमश्रृङखला सहितको सुन्दर दृश्य र निलो आकाश । सायद, यी दृश्य हेर्दा नलोभिने को होला र ? आज हामीले चरिकोट पानारोम रिर्सोट परिसरवाट  सुर्योदय देखि सुर्यअस्त सम्म (एकै स्थानबाट) कैद गरिएका १० मनमोहक दृश्यलाई समेटेका छौं । तस्वीर सौजन्यका लागि रिर्सोट सँचालक हर्मन थापा र चरिकोट पानारोमा रिर्सोटलाई धेरै धेरै धन्यवाद

 

सोर्स:इ दोलखा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय