नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा सन्तबीर लामा अत्याधिक मतका साथ विजयी हुनुभएको छ । आफ्नो निकटतम प्रतिद्धन्द्धी जिम्बाजाङबु शेर्पालाई ६७ मतले पराजित गर्दै लामा विजयी हुनुभएको हो । लामाले जम्मा ३८३ मत प्राप्त गर्नुभएको छ भने शेर्पाले ३१६ मा चित्त बुझाउनुपर्‍यो ।
प्रथम उपाध्यक्षमा लामा समुहकै दिवश विक्रम शाह ३७० मत हासिल गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी भूमि ३१० मात्रै ल्याउनुभयो । द्धितीय उपाध्यक्षमा लामा समुहकै माया शेर्पा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी ङिमी शेर्पाले २९८ मत प्राप्त गर्नुभयो ।

सचिवमा पनि लामा समुहकै टिकाराम गुरुङले ३५० मत ल्याई विजय हासिल गर्दैगर्दा उहाँका निकटतम प्रतिद्धन्दी पी छेवाङ शेर्पाले ३२१ मत मात्रै ल्याउनुभयो । कोषाध्यक्षमा पनि लामा समुहबाटै उम्मेद्धारी दिनुभएका सुदर्शन न्यौपानेले ३३२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी विमल नहर्कीले ३२० मत ल्याई हार बेहार्नुपर्‍यो । लामा समुहबाट कार्यसमिति सदस्यमा पासाङ तेण्डी शेर्पा, सिंगी लामा, मिङमार शेर्पा, विनय शाक्य, र सञ्जिव गुरुङले जित हात पर्नुभयो । शेर्पा, लामा, शेर्पा, शाक्य र गुरुङले क्रमशः ३६४, ३२७, ३५२, ३५७ र ३२१ मत प्राप्त गर्नुभएको छ ।

महासचिवसहित चार सदस्य भने शेर्पा समुहबाट तितेका छन् । महासचिवमा शेर्पा समुहका कुलबहादुर गुरुङले ३९१ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी बोधराज भण्डारीले २९१ मतमै चित्त बुझाउनुपर्‍यो ।

लामा समुहबाट सदस्यहरुमा डा. हरि प्रसाद श्रेष्ठ, आङछेवाङ शेर्पा, दा ग्याल्जेन शेर्पा र तुल्सिङ गुरुङ निर्वाचिन हुनुभएको छ । उहाँहरुले क्रमशः ३५३, ३३२, ३३६ र ३६४ मत प्राप्त गर्नुभएको छ ।

नवनिर्वाचित अध्यक्ष सन्तबीर लामाले शिखरपोष्टसँग छोटो प्रतिक्रिया दिने क्रममा एनएमए नेतृत्वमा निरन्तरतामा क्रमभंगता भएको भन्दै एनएमए र सिंगो पर्यटन क्षेत्रको आवश्यकताअनुरुप प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

शनिबार नक्सालस्थित स्टार भेन्यूमा निर्वाचन सम्पन्न भएपछि सुरु भएको मत गणना कार्यक्रम राती पौने १२ बजे सकिएको थियो । १ हजार ३९ मतदाता रहेको एनएमएको शनिबारको निर्वाचनमा जम्मा ७५६ भोट खसेको थियो ।

एनएमए मत अपडेट

जिम्बाजाङ्बु शेर्पा (अध्यक्ष): 316
सन्तबीर लामा (अध्यक्ष): 383 (विजयी)

भूमि लामा (प्रथम उपाध्यक्ष): 310
दिवश विक्रम शाह (प्रथम उपाध्यक्ष): 370 (विजयी)

ङिमी शेर्पा (द्धितीय उपाध्यक्ष): 298
माया शेर्पा (द्धितीय उपाध्यक्ष): 384 (विजयी)

कुलबहादुर गुरुङ (महासचिव): 391 (विजयी)
बोधराज भण्डारी (महासचिव): 291

पी छेवाङ शेर्पा (सचिव): 321
टिकाराम गुरुङ (सचिव): 350 (विजयी)

विमल नहर्की (कोषाध्यक्ष): 320
सुदर्शन न्यौपाने (कोषाध्यक्ष): 332 (विजयी)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय