काठमाडौं : लोबुचे इष्ट (६,११९ मी) आरोहणका क्रममा अष्ट्रियन आरोही ४१ वर्षीय मारकस चेटको मृत्यु भएको छ। गाइड पुष्कर ठकुरीसहित आरोहणमा गए पनि गाइडको वेवास्थाले गर्दा आरोहीको मृत्यु भएको परिवार स्रोतको आरोप छ। यता आयोजक कम्पनी राम्दुङ एक्स्पीडिसनका राजु दोङ लामाले भने पुष ५ देखि सोलुखुम्बुको लुबुचेबाट बेपत्ता भएको बताए।

अन्य आरोहीले हिमालको पाँच हजार पाँच सय मिटरको हाइक्याम्प नजिक बिहीबार मृत अवस्थामा फेला पारेका हुन्। आरोहणदलका गाइड ठकुरीले आरोहीप्रति कुनै पनि जिम्मेवारी बहन नगरेकाले आरोहीको मृत्यु भएको आरोप छ।

मृतकको शव हालसम्म हिमालमै रहेको छ। नेपाल पर्वतारोहण संघले हेर्दै आएको हिमाल भएकाले मृतकको शवलाई आयोजक कम्पनीलेनै ल्याउनु पर्ने व्यवस्था भएको संघका प्रशासकीय अधिकृत जिनेश सिन्दुलाकारले बताए।

बिना अनुभवका गाइड र लापरवाहीका कारण विदेशी आरोहीको मृत्यु हुने क्रम बढेको भन्दै यसमा अनुसन्धान गरी कारवाही गर्नु पर्ने संघको भनाइ छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय