काठमाडौं, ५ असोज । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)ले फ्रान्स दुताबास र आईस हिमालयजसँगको सहकार्यमा आयोजना गरेको माउन्टेन सेक्युरिटी एण्ड फष्ट एड ट्रेनिङ वर्कसप सम्पन्न गरेको छ । उक्त कार्यक्रमको समापनसँगै विहिबार नेपाल पर्यटन बोर्डमा आयोजित एक विशेष समारोहबीच प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रम अत्यान्तै उपलब्धिमूलक भएको सहभागिहरुको प्रतिक्रिया थियो ।
असोज २ गतेदेखि सुरु भई चार दिनसम्म काठमाडौंमा सञ्चालित उक्त तालिम अत्यान्तै उपलब्धिमूलक भएको सहभागिहरुको प्रतिक्रिया थियो ।
उक्त ट्रेनिङमा फ्रान्सका Dr. Yves Prunier (Member SFMC, ANIMS and ICEH), Dr.Magali Jean (Professional firefighter in Nantes, certified INSARAG, member SFMC, Emergency Firemen International) and ICFH, Mr. Patrick Dance (Rescue in Mountain of Haute-Savoie and member of ICEH) and Mr. Patrik Chavada (Rescuer, Secretary General of ANIMS) लगायतले ट्रेनिङ दिनुभएको थियो । उक्त तालिममा २० जनाको सहभागिता रहेको थियो ।
प्रमाणपत्र वितरण समारोहमा नेपाल स्थित फ्रान्सेली कार्यवाहक राजदुत अर्नुद स्याम्पीले नेपालको पदयात्रा पर्यटनमा तालिमप्राप्त गाईडको अनुभवले जोखिम घटाउन सघाउ पुर्याउने बताउनु भयो ।
टानका अध्यक्ष चन्द्र रिजालले दक्ष जनशक्ति उत्पादन गरेर दीगो पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले यो तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले यस कार्यक्रमलाई सफल बनाउनका लागि सहकार्य गर्ने फ्रान्स दुतावास र ट्रेनरहरुलाई बिशेष धन्यवाद दिदै आगामी दिनमा पनि यो खालका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्दता जनाउनुभयो ।
टानका कार्यसमिति सदस्य तथा तालिम विभाग संयोजक शितल चन्द्र धरेलले तालिमले पर्यटक सुरक्षाको प्रत्याभुती दिलाउन महत्वपूर्ण भूमिका खेल्ने भएकोले आगामी दिनमा यस्ता प्रकारका क्षमता अभिवृद्धि तालिम संचालनमा टानले योजना बनाउनु पर्ने बताउनु भयो ।
समापन समारोहबीचबीच टानका महासचिव कर्ण लामालाई आईसिई हिमालयले मानार्थ सदस्यता प्रदान गरेको छ । मानार्थ सदस्यता प्राप्त गर्ने लामा पहिलो नेपाली नागरिक हुनुहुन्छ ।