हिमाली सन्देश काठमाडौं :  व्यवसायिक शुद्धिकरणलाई मुल एजेण्डा बनाएर ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा दुई समूहले उम्मेदवारी दिएका छन् । कत्तिक ९ गते नवराज दाहाल र मोहन लम्साल नेतृत्वको टीमले मनोनयन दर्ता गरेका हुन् ।

लम्साल समूहको बरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितीय उपाध्यक्षमा निलहरी बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्र बहादुर कार्की, कोषाध्यक्षमा सुवास केसी र सह-कोषाध्यक्षमा किरण धरेलले मनोनयन दर्ता गरेका छन् । यता, दाहाल समूहको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुषाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, दृतीय उपाध्यक्षमा ऋषि प्रसाद नेपाल, महासचिवमा आङपेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमिल्सीना र सह-कोषाध्यक्षमा तारा लामाले उम्मेदवारी दिएका छन् ।

पछिल्लो समय पदयात्रा पर्यटन व्यवसायमा विकृति बढेको भन्दै यसको शुद्धिकरण मुख्य एजेन्डा भएको भन्दै आ-आफ्नो चुनावी मुद्वा अघि सारेका छन् । कात्तिक १२ हुने हुने निर्वाचनका लागि उम्मेदवारहरुले व्यवसायिक नारा मात्र नभएर मजदुर सुरक्षा, राज्यको अर्थतन्त्रलाई सहयोग पु¥याउने जस्ता योजना सहित निर्वाचनमा होमिएका छन् । एक हजार सात सय ट्रेकिङ एजेन्सी टानसँग सम्बन्द्ध छन् । यि एजेन्सीले नेपालको पदयात्र र पर्वतारोहण पर्यटन व्यवसायलाई सञ्चालन गर्दै आएका छन् । एक हजार एक सय ८६ प्रतिनिधि रहने निर्वाचन कात्तिक १२ गते बिहान ८ ३० मा होटल हायतमा हुने छ ।

नवराज दाहाल
अध्यक्षका उम्मेदवार

२६ बर्ष देखि विशुद्ध पर्यटन व्यवसायमा सम्लग्न रहेका दाहाल नेपाल इन्भाइरोमेण्टल ट्रेक्स एण्ड एक्पीडिसनका प्रर्वधक निर्देशक भएर काम गर्दै आएका छन् । पर्यटन व्यवसायलाई विकासमा टेवा पु¥याउने उनी गणतान्त्रीक स्टोनीयाका लागि नेपालका वाणिज्य दुत समेत हुन् । २०६२ मा सदस्य र २०६५ को कार्यकालमा महासचिवको जिम्मेवारी सम्हालेकाले यस बर्ष अध्यक्षका लागि दावी गरेको उनी बताउछन् । धादिङमा जन्मिएका उनी २०४७ सालदेखि पदयात्रा पर्यटन व्यवसायमा निरन्तर लागि परेका छन् ।

अध्यक्ष बन्नका लागि उनले आफ्नो एजेण्डाहरु यसरी प्रस्तुत गरेका छन्

१. गैह्रकानुनी ट्रेकिङ व्यवसायलाई नियन्त्रण गर्ने
२. बिना गाइड पर्यटकलाई पदयात्रामा अनुमती नदिने ।
३. पर्यटकको सुरक्षाका लागि नीतिगत व्यवस्था गर्न लागि पर्ने ।
४. टानको नेतृत्वमा ट्रावल मार्ट शुरु गरी विश्वभर पर्यटन व्यवसायलाई बजारीकरण गर्ने ।
५. मजदुरको सुरक्षा (ज्याला, रेस्क्यू, बिमा) को व्यवस्थामा जोड दिने ।
६. अध्यन टोलीनै गठन गरी टिम्सको विवादलाई अन्त्य गरी टिम्सको उदेश्यनुसार प्रयोजन गरी पर्यटन बोर्डसँग समन्वय गरी नयाँ गन्तव्यको खोजी र नविकरणमा जोड दिने ।

मोहन लम्साल
अध्यक्षका उम्मेदवार

दाङ जन्मिएर ३० बर्षदेखि निरन्तर पर्यटन व्यवसायमा रहेका लम्सालले सदस्य, कोषाध्यक्ष र महासचिवमा भएर अहिले अध्यक्ष उम्मेदवार बनेका छन् । २० वर्षदेखि मकालु एडभेन्चर कम्पनी स्थापना गरी काम गर्दै आएको उनी पूर्ण पर्यटन व्यवसायी हुन् । आफै गाइड भएर ट्रेकिङ गर्दे अएकाले फिल्डमा देखिएका समस्या समधानमा जोडदार लागिपर्ने लक्ष्यले उम्मेदवारी दिएको बताए ।

अध्यक्ष बन्नका लागि उनले आफ्नो एजेण्डाहरु यसरी प्रस्तुत गरेका छन्
१. नयाँ नयाँ गन्तव्य खोजी गर्न
२. टानलाई अन्तराष्ट्रिय क्षेत्रमा थप व्यापक बनाउने
३. एनजिओ, आइएनजिओ र व्यक्तिले ट्रेकिङ सञ्चालन गर्दै आएकाले यसको नियन्त्रण गर्ने
४. विश्व सञ्चारमाध्यममा नेपालको पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गर्न पहल गर्ने र राज्यका निकायलाई झक्झक्याउने
५. पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली(टिम्स) रकम को वेरुजु भएको भन्दै समस्या देखाएकाले यसको खोजीमा लागेर तत्काल नयाँ योजना बनाउने ।
Source:annapurna post

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय