काठमाडौँ, पौष ३ । हिमालयन स्कि टे«कले बार्षिक रुपमा आयोजना गर्दै आएको निशुल्क स्कि खेल यस वर्ष मुस्ताङ जिल्लाको मुक्तिनाथमा हुने भएको छ ।
डिसेम्बर २८ बाट सुरु हुने यस खेलमा देश विदेशबाट गरि १०० जना भन्दा बढी सहभागी हुने भएका छन ।
नेपालमा स्कि खेलको विकाश र प्रवर्धन गर्न विगत ५ बर्ष देखि हिमालयन स्कि टे«कले बार्षिक रुपमा खेल आयोजना गर्दै आएको आयोजक प्रभात अधिकारीले हिमाली सन्देश डटकमलाई जानकारी दिएको छ । साथमा पिक आरोहण तालिम, माउन्टेन वाइक मुस्ताङ देखि बेनीसम्म हुनेछ ।
यस बर्षको स्कि खेल मुस्ताङ जिल्लामा हुने भएको छ । उच्च हिमाली भेग (२८०० देखि ३००० मिटर) को उचाइमा १० देखि १५ फिट हिउ जमेको स्थानमा स्कि खेल हुने गर्छ । विषेशष चिसो महिना हिउ पर्ने सिजनमा यो खेल खेल्ने गरिन्छ ।
अमेरिका, युरोपमा विषेशत यो खेल खेल्ने गरिन्छ ।
नेपालमा बर्खरै मात्र सुरुवात गरेको यस खेललाई प्रवर्धन गर्न नेपाल सरकारले पहल गरे अझ विकास गर्न सकिने आयोजक बताउछन ।