काठमाडौं : पर्वतारोहण क्षेत्रमा उद्धार (रेस्क्यू) को व्यवस्था अझै पनि व्यवस्थित हुदाँ यसबारे छलफल गर्न पर्वतारोहण पथ प्रर्दशकहरुको बिश्व भेला नेपालमा हुने भएको छ । ६ हजार माउण्टेन गाइड र अन्य गरी १० हजार विदेशी पर्वतारोही काठमाडौ आउने निश्चित भएको छ ।

पर्वतारोहण पथ प्रर्दशकको रुपमा काम गर्ने अन्तराष्ट्रिय पर्वतारोही पथप्रर्दशक (माउण्टेन गाइड) को विश्व भेलाले हिमाल आरोहणका क्रममा अपनाइने प्रबिधि र सुरक्षा, रेस्क्यू बिषयमा छलफल गरी समयअनुसारको प्रबिधि प्रयोगका बिषयमा छलफल गर्ने भेला आयोजना गरेको नेपाल राष्ट्रिय पर्वतारोही पथ प्रर्दशक संघका अध्यक्ष सुनारबहादुर गुरुङले बताए । भेलाले अन्तराष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघ (आइएफएमजीए) को साधारणसभा समेत गर्ने छ ।

मंसिर १२ देखि १५ गते सम्म चल्ने भेलाले पर्वतारोहण क्षेत्रको लागि बिश्वमा नेपाल उत्कृष्ट भए पनि एसियाको हवको रुपमा बिकास गर्ने निर्णय गर्ने आयोजकले जनायो ।

Source:annapurna post

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय