काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को वर्तमान कार्यसमिति सदस्य संगम शेर्पाले आसन्न टान निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने जनाएका छन् । विगत २३ वर्ष देखि पर्यटन क्षेत्रमा क्रियाशिल उनले टानको कार्यसमिति सदस्य पदमा रहेर हासिँल गरेको अनुभवका आधारमा मुलुकको पर्वतीय पर्यटनको विकासमा काम गर्न महासचिव पदमा उम्मेदवारी दिन लागेको बताए ।
उनले कार्यसमिति सदस्य पदमा रहेर पनि टानको हैसियतलाई उचो बनाउन आफुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । टानको दिगो पर्यटन विकास सव–कमिटिमा रहेर काम गरेका शेर्पाले प्राङगारिक कृषि पर्यटन अवधारणालाई टानको माध्यमबाट राष्ट्रिय कार्यक्रममा समावेश गर्न आफुहरु सफल भएको बताए ।
पछिल्लो समय नेपालको पर्वतीय पर्यटनको विकासमा टानले खासै काम गर्न नसकेको स्मरण गर्दै उनले अव टानको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने बताए । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, नयाँ–नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र मजदुरहरुको समस्या समाधानका लागि सरोकारवाला सबै निकायहरुसँग सहकार्य गर्दै काम गर्ने वाचा पनि गरे ।
हिमालयन लेजेन्ट ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक शेर्पा नेपालकै पहिलो प्राङगारिक कृषि पर्यटन नमुना फार्महाउस कपनको संचालक समेत हुन् । त्यस्तै शेर्पा पर्यटन व्यवसायी संघको महासचिव समेत रहेका उनीसँग अन्य पर्यटकीय संघसंस्थामा समेत आवद्ध भएर काम गरेको अनुभव छ।
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित