सगरमाथाकाे चुचुराे चुम्ने अभियानमा लागेकी सन्चारकर्मी एवम् पत्रकार डाेमा शेर्पा सगरमाथा अइसल्याड पिक चढ्न भाेलि सगरमाथा क्षेत्रमा जाने तयारीमा रहेकाे जनाएकाे छ ।
सगरमाथा चढ्ने अभियानकाे शुरूवातमा उनले पहिलाे चाेटी अइसल्याड पिक चढ्न लागेकी छिन् । ६ हजार १ सय ८९ मिटरकाे उचाईमा रहेकाे अइसल्याड पिक हिमाल आराेहणकाे अनुभव लिन आराेहण गर्न लागेकी उनले बताइन् । लगभग २ हप्ताकाे यात्रातय गरेकी उनले आउदाे १३ तारिक पिक आराेहण गर्ने छिन् । अइसल्याड पिक सगरमाथा आराेहणका गर्ने पूर्व तयारीकाे एक कठिन पिककाे रूपमा लिने गरिन्छ ।

डाेमाले यही हप्ता मात्रा पाेखराकाे सराड०काेटबाट २०११ मा सगरमाथाकाे चुचुराेबाट प्याराग्यालाइडिड० गर्ने ल्हाक्पा शेर्पा संग प्याराग्यालाइडिड० गरेका थिइन् ।

ग्रीन लेक ट्रेक एन्ड एक्सपीडिसन नामक ट्रेकिङ कम्पनीबाट उनले सगरमाथा आराेहण गर्ने तयारीमा रहेकाे डाेमाले अइसल्याड पिक आराेहणकाे लागि पनि कम्पनीले नै साथ दिने जनाएकाे छ । आराेहणका लागि एभरेष्ट हार्ड वायर नामक कम्पनीले पनि सहयाेग गर्ने भएकाे छ ।

 

 

साेलुखुम्बुकाे दुधकुन्ड नगरपालिकामा जन्मेकी डाेमा शेर्पा अहिले पत्रकारिता विषयमा स्नातकाेत्तर दाेस्राे बर्षमा अध्ययनरत छिन् । उनी शेर्पा सन्चार समूहकाे पूर्व अध्यक्ष, आदिवासी जनजाति युवा सघकाे उपाध्याक्ष हुनुहुन्छ । पत्रकारितामा ९ बर्ष अगि साेलुअनलाइनमा प्रवेश गरेकी डाेमा शेर्पा गाेर्खा एफ़एममा कार्यक्रम प्रस्ताेता हुदै इन्डिजीनियस टिभीमा हिमाली आवाज नामक कार्यक्रमकाे सन्चालिका तथा शान्तिमार्ग, हिमाली सन्देश पात्रिकाकाे पनि सन्चालिकाकाे रूपमा कार्यरत छिन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय