हिमालि सन्देश शेरसाङ्गे शेर्पा (खिजीदेम्बा) नेपालको अधिकांश भु-भाग हिमालयन क्षेत्रमा अवस्थित भएको सबैमा छर्लङ्ग नै छ। विश्वका ८ हजार भन्दा आग्ला १४ वटा हिमालहरुमध्ये नेपालमा १० वटा हिमालहरु छन।जसले गर्दा पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न पुगेको पाइन्छ।त्यस्तै एक पहाडी जिल्ला ओखलढुंगा पर्यटकीय गन्तव्यका लागि एक आकर्षक स्थान हो। ओखलढुंगा जिल्ला पुर्वमा खोटाङ,पश्चिममा रामेछाप,उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर/सिन्धुली जिल्लाको बीचमा सुमधुर सम्बन्ध स्थपित भएको ७ वटा स्थानीय तह र नेपालका उस्तै उस्तै आग्ला ७ डाँडाहरु मध्यकै तेस्रो आग्लो ३१५० मिटर आग्लो डाँडा थोलेदेम्बा डाँडा र नेपालका दोस्रो आग्लो १३० मिटरको उचाईमा अवस्थित पोकली झार्नको नाउँबाट परिचीत युगकवि सिध्दिचरण श्रेष्ठको जिल्ला,राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइलाको जिल्ला एवम् धार्मिक तथा संस्कृतिक सम्पदाको जिल्ला भनेर पनि लिने गरेको पाइन्छ। ओखलढुंगा जिल्लामा पर्यटन प्रवर्द्धन गर्न सकेको खण्डमा ओखलढुङ्गेली जनताको आर्थिक समृद्धि र बेरोजगारी जनसमुदायलाई रोजगारी सँगसँगै होटल व्यवसायीहरुलाई आर्थिक मुनाफामा लैजाने एउटै माध्यम हो पर्यटन! भनिन्छ एकले थुकी सुकी सयले थुकी नदी भनेजस्तै ओखलढुंगाका सबै ट्रेकिङ गाइडहरु एकजुट भएको खण्डमा ओखलढुंगा जिल्लाको अधिकांश स्थानहरुमा पर्यटक भित्र्याउन कुनै आपत्ति मान्नुपर्ने स्थल छैन। प्राकृतिक सुन्दरताले भरिपुर्ण देम्बा डाँडा र पोकली झार्न यी दुई नै काफी छ पर्यटकको लागि आकर्षकको गन्तव्य। त्यस्तै धार्मिक तथा संस्कृतिक सम्पदा पनि उत्तिकै छ। ओखलढुंगा जिल्लामा पर्यटन प्रवर्द्धनका लागि जिल्लाले खासै सक्रिय भुमिका निर्वाह नगरेपनि ट्रेकिङ गाइड र एजेन्सीहरुले नै आफै खर्च गरेर भएपनि पर्यटक भित्र्याउने गरेको पाइन्छ। ट्रेकिङ गाइडहरुले पर्यटक केहीमात्रमा भित्र्याउने गरेता पनि सम्बन्धित निकायको ध्यानाकर्षण नहुदा कैयौं पर्यटक भित्र्याउन समस्या परेको पर्यटन व्यवसायीहरुको गुनासो भएको nature treks.com का ट्रेकिङ गाइड लिखु गाउँपालिका -७ गाम्नाङ्टार निवासी बिगत 30 वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय भुमिका निर्वाह गरेका हेम कार्कीले बताउनुभयो। उहाँका अनुसार पर्यटकहरुको लागि बाटोको समस्या,ठाउँठाउँमा होटलको समस्या भएको उहाँले खिजीदेम्बा गाउँपालिका वडा नं-२ लाम्जे बौद्धमा अवस्थित देव अवतरण बौद्ध चैत्यको ङासुल कार्यक्रम गुनासो गर्दै यसको समाधानका निमित्त सबैको सक्रियता चाहिने कुरा समेत स्पष्ट पार्नुभयो। कार्यक्रम शुभकामना मन्तव्य राख्दै अबको स्थानीय सरकारले यो विषयमा चिन्ताजनक रूपमा हेरी सबै ट्रेकिङ गाइडहरुलाई एकजुट गराइ पर्यटन क्षेत्रमा देखिएको समस्या र चुनौतीको सवलमा ध्यानाकर्षण गराउन सकेमा पर्यटन प्रवर्द्धन गर्न कुनै पनि समस्या देखा नपर्ने समेत प्रष्ट पार्नुभयो। वास्तवमा पर्यटक भित्र्याउन सकेको खण्डमा रोजगारी मात्रै होइन ठाउँठाउँमा भएको धार्मिक सम्पदा,स्वस्थ्य चौकी,बिधालय आदि सबैमा साथ र सहयोग उपलब्ध हुने त पक्कै छ।आन्तरिक तथा बाहय पर्यटन प्रवर्द्धनको मुख्य गन्तव्य भएको स्थानहरुको प्रचारप्रसारको कमी,संकेत एवम् प्रमाण पुगेका पदयात्रा तालिका सहितको नक्साको अभाव,यातायातको सहज पहुँच नहुनु,भौतिक सुबिधाको अभाव जस्ता कुराले गर्दा पर्यटनको प्रचुर सम्भावना बोकेका क्षेत्रहर अझैसम्म पनि पछाडि परेको खिजीदेम्बा -९ पात्लेका ट्रेकिङ गाइड पेम्बा शेर्पा लगायत पर्यटन व्यावसायिकहरुको गम्भीर ध्यानाकर्षण भएको पाइन्छ। पर्यटन प्रवर्द्धनका लागि सबै ट्रेकिङ गाइडहरुबीच समन्वय हुन सकेमा अवश्य यस क्षेत्रमा पर्यटन व्यवसाय फस्टाउन कुनै दुबिधा हुने छैन।यसका लागि सबैको ध्यान जानू जरुरी छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय