हिमाली सन्देश काठमाडौंः गाइड तेन्जी शेर्पालाई पदयात्री, आरोही पर्यटकलाई स्कुस र आलु खुवाएर क्याम्प पुर्याएको भर्खरै जस्तो लाग्छ । आरोहणको समय लाम्बिएसँगै टोलीले बोकेको खानेकुरा सकिए पछि उनले कन्त विजोग भोगेका थिएनन् । त्यो समय पर्वतारोहण गर्न करिव चार महिना खर्चनु पर्दथ्यो ।
२०२६ साल तिरको कुरा हो अमेरिकी पर्यटक टोलीलाई डोल्पा ट्रेक जाँदा जोमसोमको काकोर्ड गाउँ नपुग्दै खानेकुरा सकियो । खाना अभावले दुई घण्टा टाडाको गाउँ पुगेर आलु, साग र स्कुस खुवाएर क्याम्प कटाएको तेन्जीले अनुभव सुनाए ।
उनी भन्छन्–‘मेनु हेरेर खानेको कुरा परै छाडौं पर्यटकलाई कसरी खुसी बनाउने भन्ने चिन्ता हैन पेट कसरी भराउने भन्ने चिन्ता बढी हुन्थ्यो । एजेन्सीले आधारशिविर र काठमाडौ आउजाउ गर्ने मेलरनर (चिठी बोकेर हिड्ने व्यक्ति) आउन मात्र १५ दिन लाग्ने गर्दथ्यो ।’
करिव विसं २०३० सालमा विना अक्सीजन सगरमाथाको आरोहण गरी किर्तिमान कायम गर्ने आरोहणदललाई तेन्जीले वेसक्याम्प मेनेजर भएर आरोहणदलको नेतृत्व गरेका थिए । राष्ट्रिय बिभुती पासाङ ल्हामु शेर्पाको बुवा फुर्वा कितर शेर्पाले आरोहण गाइड गरेका थिए ।
स्रोत, साधन र सञ्चारको सुबिधा थिएन तर पनि आरोहण सफल बनाएरै छाडेको गाइड शेर्पाले अनुभव सुनाए । करिव पाँच दशक समय बिते पनि पदयात्रा र पर्वतारोहण पर्यटन क्षेत्रमा आउनु पर्ने सुधार नआएको बताउछन् । सालुखुम्बु बकान्जेमा जन्मिएका ७१ वर्षका पर्यटन व्यवसायी एवं गाइड तेन्जी शेर्पा ५२ बर्ष यता पर्यटन क्षेत्रमै आबद्ध छन् ।
संख्या बढेपनि गुणस्तरीय पर्यटक घटे पछिल्लो समयमा पर्यटक माथि आक्रमण बढेको, संख्या बढे पनि गुणस्तरीय पर्यटकको संख्या घट्दो क्रममा रहेको, पर्यटकलाई सुबिधा दिन नसकेर समस्या बढेको, लक्ष्यको खर्च नभएर फिर्ता भए पछि अन्यत्र जाने गरेको, होटलले चाहेको खानेकुरा दिन नसक्नु, घुम्ने मात्र खेल्ने र आनन्द गर्ने व्यवस्था नहुनु, प्रकृतिले दिएको सौन्दर्यतालाई सदुपयोग गर्न नसक्नुनै पर्यटन क्षेत्रको समस्या बनेको व्यवसायी शेर्पाको भनाई छ ।
भारत आसाम सीपसागर प्रहरीमा जागिर खाएका उनी २०२५ सालमा जागिर छाडेर नेपालमा पर्यटनका क्षेत्रमा काम गर्न आएका थिए । त्यसबेलादेखि उनी निरन्तर पर्यटन क्षेत्रमै छन् ।
भरिया, किचेन वोइदेखि गाइड र सफल व्यवसायी बनी सकेका उनी नेपालको पर्यटन क्षेत्रलाई सुधारको बिकल्प नभएको बताउछन् । अहिले विदेशी पर्यटकको नगरमा नेपाल पहिलो गन्तव्यमा पर्न थालेको छ । पैसा बोकेर घुम्न आउछन तर खर्च गर्न नसकेपछि अन्यत्रै देश घुम्न जाने गरेको उनले सुनाए ।
लाङटाङ, अन्नपुर्ण, गोसाइकुण्ड, सगरमाथा, मनास्लुमात्र नेपालका पर्यटन क्षेत्र भनिदै नयाँ गन्तव्य खोजी नहुदाँ राज्यले बार्षिक सयौ पर्यटक गुमाउनु परेको छ । पर्यटन विकासका लागि पुर्वदेखि पश्चिमसम्म गन्तव्य खोजी नहुनु र भएकालाई बिस्तार गर्नुको बिकल्प छैन । नयाँ पैदलयात्रा गन्तव्य खोजी र पुराना पैदलयात्रालाई नविकरण गर्नु गर्नु आवस्यक रहेको छ ।
समस्यै समस्या
नेपालमा रेस्क्यू अभाव, सूचना दिने स्थानको अवस्था नाजुक, सूविधा बिहीन भएकाले पर्यटकले खर्च गर्न चाहे पनि नसकेको तितो यथार्थ हो । अनुभवि गाइडहरु नभएकाले विभिन्न दुर्घटना बढेको, राज्य प्रणाली र नीतिमा सुधार नहुदाँ समस्या भएको छ भने काम गर्नेलाई बिमा नीति राम्रो नहुनु अर्को चुनौति थपिएको छ ।
हिमाल बचाउन गैह्रसरकारी संस्था, सरकारको व्यवसायिक गुण प्रष्ट नहुदाँ पर्यटन क्षेत्र तितरवितर भएको छ । सगरमाथा भन्दा अन्य हिमाल पनि राम्रो भन्ने सन्देश नपुगेकाले पर्यटक एकोहोरो हुने गरेकाले थप गन्तव्य बिकास हुन सकेको छैन ।
सबै हिमालमा रोप फिक्सीङ (बाटो निर्माण) गरी सुरक्षित गर्नु पर्ने, बजारीकरण र प्रचारप्रसारमा जोड दिनु पर्ने आवस्यकता भएको छ । पर्वतारोहणमा आरोहणदलको सम्पर्क अधिकृतको रुपमा खटिने व्यत्ति त्यो समयमा पनि फिल्डमा पुग्दैन थिए ।
रोयल परिवारले सञ्चालन गरेको अन्नपुर्ण ट्रेकिङ एजेन्सीमा १२ बर्ष र इन्टरनेश्नल ट्रेक, आमादव्लम ट्रेक एण्ड एक्पीडिसनमा काम गरेको गरे । २०३६ देखि टासीताके ट्रेकिङ एजेन्सी स्थापना गरी नेपालमा पर्यटन क्षेत्रमा काम गर्दै आएका शेर्पाले गोरखा मनास्लु क्षेत्रको छेकाङपार ट्रेकिङ रुट, सोलुखुम्बुदेखि दोलखा रामेछाप आउने कलिला ट्रेक पहिलो पटक विस्तार गरेको दावी गर्छन । दर्जन बढी होचा हिमाल आरोहण गरेको उनी कक्षा–७ सम्मको औपचारिक अध्ययन गरे पनि पर्यटन क्षेत्रमा ज्ञाताको रुपमा चिनिन्छन् ।
सुबिधा नपाउनु, सेवाअनुसार महँगो मुल्य तिर्न बाध्य हुनु परेको छ । व्यवसायीहरु नेपालमा पैसा नविक्ने खल्लो अनुभव सुनाउछन । ट्रेकिङमा भरिया मात्र बढी प्रयोग हुने गर्छ तर दक्ष जनशक्ति प्रयोग नहुदाँ पाँच दशकदेखि पनि पर्यटन क्षेत्रको सुधार हुन सकेको छैन ।
प्रकृतिक सुन्दरता नै राम्रो भएकाले गन्तव्यहरु छनौटमा पर्ने गरेको हो, त्यसरी राम्रो भनेकाले अहिलेसम्म राम्रा भनिदै आएको तर कुनै सुधार आउन सकेको छैन । पुराना पर्यटकले दिएको उपलब्धीनै हिजोआजसम्म पर्यटक आउने गरेको व्यवसायी शेर्पाको भनाई छ ।
राज्यले पर्यटन क्षेत्रको बिकासमा प्रभावकारी नतिजा देखिने काम गर्न नसकेको व्यवसायीको आरोप छ । पुराना उपलव्धीलाई कायम राख्नै समस्या भएको छ, सञ्चारले प्रतिस्पर्धी बनाएको पर्यटन बजारलाई व्यवस्थित बनाउन कसैको चासो पुगेको देखिदैन । नेपालको एयरपोर्ट आए देखि जानेसम्म व्यवसायीले प्रकृया नजान्दा माफी माग्नु परेको छ ।
पर्यटक व्यवसायकै शिलशिलामा ७५ जिल्ला घुमेको व्यवसायी एवं गाइड तेन्जी शेर्पाले जर्मन, इटाली, स्वीजरल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, वेलायत, वेल्जीयम, सिंगापुर, मलेसिया, इगोस्लाभीय लगायत २५ बढी देशमा पर्यटन क्षेत्रको बिस्तार गर्न भ्रमण गरी सकेका छन् ।
Source:tour khabar