थामे बाढीले क्षति पर्यायको सगरमाथा क्षेत्र जाने पदमार्ग पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । सगरमाथा क्षेत्र जाने एभरेष्ट ट्रेकिङ ट्रेल अन्तरगत ठाडो कोशी देखी युल्ङिङ घाट जोड्ने पदमार्ग पुननिर्माणको अन्तिम चरणमा पुगेको हो ।
यसै गरि टोक टोक देखी बेङकर र जोर सल्ले देखी लार्चा दोभान जोड्ने पदमार्ग पुननिर्माणको अन्तिम चरणमा पुगेको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ । यही श्रावण ३२ गतेका दिन थामेबाट आएको बाढीका कारण क्षति भएका पदमार्ग पुननिर्माणका लागी खुम्बु पासाङल्हामु गाउँपालिकाले ११ लाख ५८ हजार २५० रुपैयाँ विनियोजन गरेको थियो । अवरुद्ध रहेको पदमार्ग पुननिर्माणका लागी खुम्बु पासाङल्हामु गाउँपालिका र गेलुछयावा संस्था बिच सम्झौता भएर निर्माण कार्य थालनी गरिएको थियो ।
@SoluFM