गुरुङ समाज जापानको क्षेत्रीय समिति कान्साईको प्रथम अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशनले दिनेश गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। यस कार्यक्रममा प्रमुख अतिथि युवराज गुरुङको विशेष उपस्थिति रहेको थियो।

अधिबेशनमा गुरुङ समाजका केन्द्रिय संरक्षक  गोविन्द गुरुङ ,सल्लाहकार प्रितम गुरुङ ,उपाध्यक्ष आशिष गुरुङ ,उपाध्यक्ष प्रकाश कोके गुरुङ , महासचिव मोती गुरुङ ,केन्द्रियहरू सदस्य दिपक घले,दिनेश गुरुङ र कान्तो सदस्य प्रेम गुरुङ लगायत केन्द्रिय समितिको उल्लेखनिय सहभागिता रहेको थियो।श्री हरि प्रसाद कडेल NRNA जापान कान्साई क्षेत्रीय समिती संयोजक (विशेष अतिथि),श्री नर बहादुर थापा गलकोट समाज जापान क्षेत्रीय समिति कान्साई अध्यक्ष,श्री भिम काउछा मगर (अनुप),NRNA र जापान कान्साई उपाध्यक्ष,श्री राज लामा नेपाल तमाङ समाज जापान क्षेत्रीय समिति अध्यक्ष,श्रीमती अमृता चौधरी नेपाली विधार्थी समाज जापान (NESAJ) कान्साई क्षेत्रीत्र समिती उपाध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

नव निर्वाचित कान्साई गुरुङ समाज क्षेत्रीय कार्यसमितिको कार्यकाल २०२५-२७ सम्म रहनेछ। यस कार्यसमितिमा दिनेश गुरुङ सभापति, संगिना गुरुङ, निर्देश गुरुङ र नेक गुरुङ उपाध्यक्ष, युना गुरुङ सचिव, प्रनिता गुरुङ सह-सचिव, काजल गुरुङ कोषाध्यक्ष, पबिता गुरुङ (A) सह-कोषाध्यक्ष र सेजल गुरुङ सांस्कृतिक प्रवाह संयोजक रहेका छन्।

त्यस्तै, सदस्यहरूमा दुर्गा गुरुङ, सुस्मी गुरुङ, जित बहादुर गुरुङ, बिनिता गुरुङ (A), प्रमिला गुरुङ, पुनम गुरुङ, निर्मला गुरुङ, भक्ति गुरुङ, सर्मिला गुरुङ, बिनिता गुरुङ (B), पबिता गुरुङ (B), यामकासी गुरुङ, विमल गुरुङ र निर्मल गुरुङ रहेका छन्। तेज बहादुर गुरुङ प्रमुख संरक्षकको भूमिकामा रहेका छन्।

यस अधिवेशनले गुरुङ समाज जापानको कान्साई क्षेत्रीय समितिमा नयाँ जोश र उमङ्ग थपेको छ। नव निर्वाचित कार्यसमितिले गुरुङ समुदायको हितमा काम गर्ने र कान्साई क्षेत्रमा गुरुङ संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा उपस्थित सबैले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए।अधिवेशनमा आदिवासी जनजातिहरुको संस्कृति झल्कने विभिन्न प्रस्तुतीहरू रहेका थिए, जसमा गुरुङ नृत्य, मगर समुदायको सांस्कृतिक नृत्य र तामाङ समुदायको विभिन्न प्रस्तुतिहरूले कार्यक्रमलाई थप रोचक बनाएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय