मगर जातिहरुको मौलिक बाजा खैजरीबारे जापानमा रहेका मगर युवाहरुलाइ जानकारी दिनुका साथै मगर जातिहरुको पहिचान जोगाइ राख्ने उद्देश्यले निर्मित म्युजिक भिडियो खैजरीको ताल आज टोकियोमा सार्वजानिक भएको छ ।

जि एम ‌‌स्टुडियो टोकियोले प्रोडक्शन गरेको म्युजिक भिडियोमा  मगर कलाकारहरु मनोज थापा मगर. रचना राणा मगर ,बिलन थापा मगर सिं,गरुन पुन मगर ,रुपी सिंजाली मगर ,प्रेमा राणा मगरको स्वर तथा बुद्द मगरको शब्द अनि संगीत रहेको छ ।

निर्माता नवीन थापा मगर ,निर्देशक गणेश थापा मगर रहेको उक्त म्युजिक भिडियोमा सागर मगर र कामना फगामी मगरले अभिनय गरेका छन । भिडियोको कोरियोग्राफी केबल गुरुङ र सागर थापा मगर रहेका छन ।भिडियोलाइ TNF official को अफिसियल युट्युव च्यालन मार्फत हेर्न सकिने छ ।

NYFC 8848 JAPAN ,मगर सांस्कृतिक समुह जापान र नेपाल मगर संघ जापानको सहयोगमा निर्मित म्युजिक भिडियो आज टोकियो स्थित रोयल गार्डेन रेष्टुरेन्टमा एक औपचारिक कार्यक्रमका वीच सार्वजानिक गरिएको थियो ।

NYFC 8848 JAPANका प्रशिक्षक तथा नेपाल मगर संघ जापानका निबर्तमान अध्यक्ष ओम काउचा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको बिशेष अतिथिमा नेपाल मगर संघ जापानका केन्द्रिय अध्यक्ष रामहरि खपांगी मगर र प्रमुख अतिथिमा नेफिन जापानका अध्यक्ष सुकुमान तामाङ रहेको थियो ।कार्यक्रमको संचालन भने कमल पुन मगरले गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय