मगर जातिको वीरता, कला र समृद्ध संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ आगामी फेब्रुअरी २८ तारिख शनिबारका दिन जापानको टोकियोमा ४४औँ मगर एकता दिवस भव्यताका साथ मनाइने भएको छ।

नेपाल मगर संघ जापान केन्द्रीय समितिले फागुन १५ को ऐतिहासिक अवसर पारेर सिनओकुबोस्थित ‘ब्राह्काँडे रेष्टुरेण्ट’ मा विशेष सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको हो।

नेपाल मगर संघ जापानका महासचिव सागर थापा मगरले दिनुभएको जानकारी अनुसार यस वर्षको कार्यक्रमको मुख्य आकर्षणको रूपमा नेपाल मगर संघ जापान सांस्कृतिक समूहको बेजोड प्रस्तुति रहनेछ, जसमा विशेष गरी मगर समुदायको गौरव र पहिचानसँग जोडिएको ‘लाईभ कौराहा’ नृत्य प्रदर्शन गरिनेछ।

दिउँसो ३ बजेदेखि राती १० बजेसम्म चल्ने यस कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरूका साथै शुभकामना आदानप्रदानका सत्रहरू सञ्चालन हुनेछन्। आयोजकले स्थानीय कलाकारहरूको प्रस्तुतिमार्फत सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्ने तयारी गरेको छ।

“पहिचान हाम्रो शक्ति हो, इतिहास हाम्रो गौरव हो र संस्कृति हाम्रो आत्मा हो” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा जापानवासी सम्पूर्ण मगर तथा गैर-मगर समुदायलाई उपस्थितिको लागि हार्दिक आह्वान गरिएको छ।

यस कार्यक्रमले जापानमा रहेका नेपालीहरूबीच आपसी भाइचारा र एकताको सन्देश फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।प्रवासमा रहेर पनि आफ्नो मौलिक पहिचान र पुर्खाको गौरवलाई सम्झने यो एउटा महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय