टोकियो – जापानमा नेफिन साँस्कृतिक महोत्सव-२०२५ आयोजना हुने भएको छ। नेपाल आदिबासी जनजाती महासंघ (NEFIN) जापानको आयोजनामा आउँदो अप्रिल १९ तारिख शनिबार दिउँसो ४ बजेदेखि टोकियोको मेगुरो कुमिन सेन्टरमा उक्त महोत्सव हुने भएको हो।

एनआरएन जापानको विशेष सहयोगमा हुन गइरहेको उक्त महोत्सवमा थकाली सेवा समिति जापान, तमु धि जापान, नेपाल मगर संघ जापान, शेर्पा संघ जापान, नेपाल तामाङ समाज जापान, किरात याक्थुङ चुम्लुङ जापान, किरात राई यायोक्खा जापान, नेवाः खल जापान र थारु कल्याणकारिणी सभा जापान सह-आयोजक रहेका छन्।

एनआरएन आइसीसीका उपाध्यक्ष रविन शेरचनको मुख्य प्रायोजन र जापान मनि एक्सप्रेसको प्रायोजन रहने सो कार्यक्रमको इभेन्ट पार्टनर हिकारी कम्पनी लिमिटेड रहेको छ। विभिन्न जनजातिको झाँकी तथा सांस्कृतिक प्रस्तुति रहने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको प्रमुख आकर्षण रहने साँस्कृतिक महोत्सव मूल समारोह समितिका अध्यक्ष हवलचन्द्र लामाले जानकारी दिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय