शेर्पा किदुग क्रोएसियाले २१५२ औं स्यिङ मो डुल लो ग्याल्पो ल्होसार मनाउने भएको छ । किदुङले क्रोएसियाको राजधानी जाग्रेबमा मार्च २ तारीख ल्होसार मनाउन लागिएको हो ।

क्रोएसियामा रहेका शेर्पाहरुद्वारा भर्खरै गठित किदुगले मनाउन लागिएको ल्होसारमा नेपाल लगायत अन्य मुलुकबाट कलाकारहरु आउने अध्यक्ष निमा रिन्जेन शेर्पाले बताए । उनका अनुसार कार्यक्रममा गायक सोनाम शेर्पा, प्रदीप लामा, आङ फुर्बा शेर्पा, पासाङ शेर्पा लगायत अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछन् ।

ग्याल्पो ल्होसार कार्यक्रमका लागि गायक सोनाम शेर्पा बेल्जियम र प्रदीप लामालाई नेपालबाट ल्याउन लागिएको शेर्पा किदुग क्रोएसियाका अध्यक्ष शेर्पाले बताए । अध्यक्ष शेर्पाका अनुसार आङ फुर्वा र पासाङ लमु भने क्रोएसियामै छन् ।

`ल्होसार कार्यक्रम मिति तय भयो, कलाकारहरू पनि लगभग तयार भइसकेको छ´ अध्यक्ष शेर्पाले भने,` केही दिनमा क्रोएसियाको राजधानी जाग्रेबमै कार्यक्रम गर्नेगरी हलको टुंगो लगाउने छौं ।´ उनले शेर्पा समुदाय लगायत क्रोएसियामा रहेका नेपालीहरुलाई समेत कार्यक्रममा सहभागी भइ सहयोग गर्ने आग्रह गरे ।

शेर्पा समुदायले व्यापक रूपमा ल्होसार मनाउन लागिएको यो पहिलोपटक हो । यसअघि व्यक्तिगत रूपमा ल्होसार मनाए पनि संस्थागत भने यो पहिलोपटक हो । क्रोएसिया सेन्जेन भएपछि नेपालीहरुको रोजगारीको गन्तव्य बनेको छ । सेन्जेन हुनुअघि खासै नेपाली नदेखिएको क्रोएसिया हाल २५ हजारभन्दा धेरै रहेको अनुमान गरिन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय