
टोकियो: शेर्पा संघ जापानले आगामी मार्च २ गते आइतबार टोकियोस्थित मान्दिर रेस्टुरेंटमा हिमाली बौद्ध धर्मावलम्बीहरूको महान चाड ग्याल्पो ल्होसार मनाउने भएको छ ।
यो वर्षको ल्होसारमा नेपालबाट चर्चित कलाकार लहमु शेर्पा, अतिथि लामा धर्म गुरु खेन्पो ङावाङ छेपाल शेर्पा लगायत स्थानीय कलाकार सोनाम कहानि, दावा के शेर्पा र डीजे नबिनको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
शेर्पा संघ जापानले हरेक वर्षझैं यस वर्ष पनि प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमहरू हुनेछन् ।

शेर्पा संघ जापानले सम्पूर्ण जापानबासी शेर्पा समुदाय लगायत गैर शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस कार्यक्रममा उपस्थित हुन हार्दिक निमन्त्रणा गरेको छ ।
तपशिल
मिति: मार्च २, २०२५ (आइतबार)
समय: बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म
स्थान: मान्दिर रेस्टुरेन्ट, टोकियो